फुटबल

रेफ्रीको विवादस्पद निर्णयपछि बराबरीमा रोकियो रियल म्याड्रिड

इकागज | फागुन २०, २०८०

काठमाडौं - स्पेनिस ला लिगा अन्तर्गत रेफ्रीको विवादस्पद निर्णयपछि रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न रियल म्याड्रिड र भलेन्सियाबीचको खेल २-२ गोलको बराबरीमा रोकिएको हो ।

खेलको ९९औ मिनेटमा रियल म्याड्रिडका जुडे बेलिंगघमले गोल गर्दै रियललाई जित दिलाए पनि रेफ्रीले गोल दिएनन् भने उनले बेलिंघमलाई रातो कार्ड दिएका थिए ।

यस अघि खेलको ३० मिनेटमा २-० ले पछि परेको रियल म्याड्रिडलाइ भिनिसियस जुनियरले २ गोल गर्दै खेलमा फर्काएका थिए । त्यस्तै भलेन्सियाका लागि भने हुगो डुरो र रोमन यारेमचुकले एक एक गोल गरेका थिए ।

खेलपछि रियल म्याड्रिडले रेफ्रीको निर्णयप्रति असन्तुष्टि व्यक्त गर्दै अनौठो घटना भनेको छ । 

यो बराबरीपछि रियल म्याड्रिडको २७ खेलमा ६६ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यसैगरी भलेन्सियाको भने २६ खेलमा ३७ अंक रहेको छ र लिगमा नवौं स्थानमा छ ।
   

वाफ महिला च्याम्पियनसिप : नेपाल फाइनलमा जोर्डनसँग टाइब्रेकरमा पराजित

इकागज | फागुन १८, २०८०

काठमाडौँ- वेस्ट एसियन फुटबल महासंघ (वाफ) महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएक...

क्रिस्टियानो रोनाल्डोलाइ फुटबल खेल्न प्रतिबन्ध, २० हजार साउदी रियाल जरिवाना

इकागज | फागुन १७, २०८०

रियाद - क्रिस्टियानो रोनाल्डो निलम्बनमा परेका छन् ।  साउदी प्रो लिगको खेलमा अल नासरबाट खेल्दा कथ...