फुटबल

एन्टी डोपिङ ‘ठगी’को आरोपमा ब्राजिलियन फरवार्ड गाबिगोलमाथि दुई वर्षको प्रतिबन्ध

इकागज | चैत १३, २०८०

काठमाडौँ- गाबिगोल नामले चिनिने ब्राजिलियन फरवार्ड ग्याब्रियल बारबोसालाई डोपिङ परीक्षणमा ठगी गरेको आरोपमा दुई वर्षका लागि निलम्बन गरिएको छ ।

ब्राजिलियन क्लब फ्लामेन्गोका लागि व्यावसायीक फुटबल खेल्दै आएका २७ वर्षीय फरवार्ड गाबिगोललाई ब्राजिलको खेलकुद अदालतले सोमबार दुई वर्षका लागि निलम्बन गरेको समाचार एजेन्सी एएफपीले जनाएको छ ।

गत अप्रिल महिनामा रियो दि जेनेरियोमा रहेको क्लबको मुख्यालयमा भएको अचानक गरिएको एन्टी डोपिङ परीक्षणका क्रममा गाबिगोलले परीक्षणलाई कठिन बनाएको आरोप लगाइएको थियो ।

स्थानीय संचारमाध्यमले जनाएअनुसार गत वर्षको परीक्षणका क्रममा गाबिगोलले तालिकाको पालना नगरेको, अधिकारीहरूको अनादर र निर्देशनहरूको पालना गर्न असफल भएका थिए ।

उनीमाथिको निलम्बन अप्रिल ८ तारिखबाट लागू हुने भएपनि गाबिगोलले भने अपिल गर्न पाउनेछन् ।

पोर्चुगलको बेनफिका र इटालीको इन्टर मिलानबाट समेत खेलिसकेका गाबिगोलले ब्राजिलका लागि सन् २०२२ को जनवरीसम्म १८ अन्तर्राष्ट्रिय फुटबल खेलमा सहभागी भइसकेका छन् ।

इंग्ल्यान्डका कप्तान ह्यारी केनले बेल्जियमविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने

इकागज | चैत ११, २०८०

काठमाडौँ- इंग्ल्यान्डका कप्तान ह्यारी केनले बेल्जियमविरुद्धको मैत्रीपूर्ण खेल गुमाउने भएका छन् । खुट्टाको...

एम्बाप्पे भन्छन्- ओलम्पिक खेल्ने सपना छ, तर पूरा हुने/नहुने एक व्यक्तिमा निर्भर छ

इकागज | चैत १०, २०८०

काठमाडौँ- फ्रान्सका सुपरस्टार फुटबलर केलियन एम्बाप्पेले ओलम्पिक खेल्ने सपना रहेको बताएका छन् । एम्बाप्पेले ...