फुटबल

उत्तर कोरियाले विश्वकप छनौटको खेल स्थगित गरेपछि जापान विजेता घोषित

इकागज | चैत १८, २०८०

काठमाडौँ - विश्वकप छनौट अन्तर्गत जापान र उत्तर कोरियाबीचको खेल स्थगित भएपछि जापानलाई विजेता घोषणा गरिएको छ ।

उत्तर कोरियाको प्योङयाङमा गत मंगलबार हुनुपर्ने यो खेल उत्तर कोरियाले अन्तिम समयमा स्थगित गरेको थियो ।

तर, उत्तर कोरियाले खेल रद्द गर्नुको कुनै कारण भने दिएको थिएन ।

खेल स्थगित भएपछि विश्व फुटबलको सञ्चालक निकाय फिफाले जापानलाई यो खेलमा ३-० ले विजेता घोषित गरेको छ ।

एसिया विश्वकप छनौटको समूह बी मा रहेको जापान ९ अंकसहित शीर्ष स्थानमा रहेको छ भने यस समूहमा रहेको सिरिया ४ खेलमा ७ अंकसहित दोस्रो, उत्तर कोरिया ३ खेलमा ३ अंकसहित तेस्रो र म्यानमार ४ खेलमा एक अंकसहित चौथो स्थानमा रहेका छन् ।
 
  

क्लब छाड्ने निर्णयबाट पछि हट्दिन : बार्सिलोनाका प्रशिक्षक जाभी

इकागज | चैत १७, २०८०

काठमाडौँ- स्पेनिस फुटबल क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजले क्लब छाड्ने निर्णयबाट आफू पछि नह...

इटहरी गोल्डकप : चर्च ब्वाईज फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै

इकागज | चैत १६, २०८०

धरान- इटहरीमा जारी १४औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज ...

रंगभेदी दुर्व्यवहारका कारण फुटबल खेल्ने इच्छा मर्दै गएको भिनिसियस जुनियरको भनाइ

इकागज | चैत १३, २०८०

काठमाडौँ- ब्राजिलियन विंगर भिनिसियस जुनियरले रंगभेदी दुर्व्यवहारका कारण फुटबल खेल्ने इच्छा मर्दै गएको ब...