फुटबल

फिफा वरियतामा नेपाल तीन स्थान तल झर्यो

इकागज | चैत २२, २०८०

काठमाडौँ - फुटबलको सर्वोच्च संस्था फिफाले नयाँ वरियताक्रम जारी गरेको छ ।

जसमा नेपाल तीन स्थान तल झरेको छ । नेपाल यस अघि १७५ स्थानमा थियो भने नयाँ वरियतामा १७८ स्थानमा पुगेको छ ।

त्यस्तै छिमेकी मुलुक भारतपनि चार स्थान तल झर्दै १२१ स्थानमा पुगेको छ । अन्य दक्षिण एशियाली मुलुकमा माल्दिभ्स १६१औं. म्यानमार एक स्थान तल झर्दै १६३औँ बंगलादेश १८४औं,  भुटान १८५औँ पाकिस्तान १९५औं र श्रीलंका २०४ स्थानमा रहेका छन् ।

त्यस्तै फिफा वरियताको शीर्ष स्थानमा भने अर्जेन्टिना कायम रहेको छ । दोस्रो स्थानमा फ्रान्स छ भने एक स्थान सुधार गर्दै बेल्जियम तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै इङल्याण्ड एक स्थान तल झरेर चौथो स्थानमा छ भने ब्राजिल पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै पोर्चुगलले एक स्थान सुधार गर्दै छैटौं स्थानमा उक्लिएको छ भने नेदरल्याण्ड्स एक स्थान तल झर्दै सातौं स्थानमा रहेको छ । त्यसैगरी स्पेन आठ, इटाली नौं र क्रोसिया १०औं स्थानमा रहेका छन् ।     

महिला खेलाडीमाथि हातपात गरेपछि भारतीय फुटबल संघका एक पदाधिकारी निलम्बित

इकागज | चैत २०, २०८०

काठमाडौँ- महिला फुटबल खेलाडीमाथि हातपात गरेका अल-इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) ले आफ्ना एक कार्यक...

म्यानचेस्टर सिटी र आर्सनलले बराबरी खेल्दा लिभरपुल शीर्ष स्थानमा

इकागज | चैत १९, २०८०

काठमाडौँ- साविक विजेता म्यानचेस्टर सिटी र आर्सनलले बराबरी खेल्दा लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थ...

न्यूकासल र टोटेनहमले जित हात पार्दा युनाइटेड र चेल्सीले बराबरी खेले

इकागज | चैत १८, २०८०

काठमाडौँ- इंग्लिस प्रिमियर लिगअन्तर्गत न्यूकासल युनाइटेड र टोटेनहमले जित हात पार्दा म्यानचेस्टर युनाइटेड ...