फुटबल

भारत साफ यू-१६ महिला च्याम्पियनसीपको फाइनलमा

इकागज | फागुन २४, २०८०

काठमाडौँ- भारत साफ यू-१६ महिला च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपाललाई १०-० गोल अन्तरले पराजित गर्दै भारत फाइनल प्रवेश गरेको हो ।

नेपालमाथि एकतर्फी जित निकाल्दै भारतले उपाधिका लागि बंगलादेशसँगको भिडन्त पक्का गरेको छ । भारतका लागि पर्ल फर्नान्डेस र गुर्लिन करले २-२ गोल तथा अनिता डुंगडुंग, अनुष्का कुमारी, बिनोफिलिया शुलाई, रेआना र गुर्नाज करले १-१ गोल गरे । एक गोल आत्मघाती भयो ।

लिग चरणको अन्तिम खेल शुक्रबार भुटान र बंगलादेशबीच हुनेछ । प्रतियोगिताको फाइनल भने आइतबार हुनेछ ।

साफ यू-१६ महिला फुटबल : जित्नैपर्ने दबाबमा रहेको नेपालले भारतसँग खेल्दै

इकागज | फागुन २४, २०८०

काठमाडौँ- जारी साफ यू-१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्दैछ । ललितपुरस्थित च्या...

साफ च्याम्पियनसीपः फाइनल प्रवेशका लागि नेपालले भोलि भारतविरुद्ध खेल्दै

इकागज | फागुन २३, २०८०

काठमाडौँ- साफ यू-१६ महिला फुटबल च्याम्पियनसीपअन्तर्गत आयोजक नेपालले भोलि भारतको सामना गर्दैछ । नेपा...

भारतलाई हराउँदै बंगलादेश फाइनलमा, नेपालले पनि भारतलाई जित्नुपर्ने

इकागज | फागुन २२, २०८०

काठमाडौँ- बंगलादेशले एक खेलअगावै नेपालमा जारी साफ यू-१६ महिला फुटबल च्याम्पियनसीपको फाइनलमा स्थान सु...