फुटबल

च्याम्पियन्स लिगः सिटी, बार्सिलोना र पीएसजीको जित

इकागज | कात्तिक ९, २०८०

काठमाडौँ- च्याम्पियन्स लिग फुटबलअन्तर्गत साविक विजेता म्यानचेस्टर सिटीसँगै बार्सिलोना र पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित हात पारेका छन् ।

समूह ‘जी’ अन्तर्गत इंग्लिस क्लब सिटीले स्विट्जरल्यान्डको योंग ब्वाइज फुटबल क्लबलाई ३-१ गोलअन्तरले पराजित गरेको हो ।

सिटीको जितमा अर्लिङ हालान्डले २ तथा म्यानुएल अकान्जीले १ गोल गरे । योंग ब्वाइजका लागि मेसाक एलियाले एक गोल फर्काए ।

यस समूहमा सिटीको यो लगातार तेस्रो जित हो ।

यता समूह ‘एच’ मा रहेको स्पेनिस क्लब बार्सिलोनाले युक्रेनी क्लब शख्तर डोनेस्कलाई २-१ ले पाखा लगायो । बार्सिलोनाले पनि लगातार तेस्रो जित हात पारेको हो ।

बार्सिलोनाको जितमा फेरान टोरेस र फर्मिन लोपेजले एक-एक गोल गर्दा शख्तरका लागि हियोर्ही सुडाकोभले एक गोल फर्काए ।

समूह ‘एफ’ अन्तर्गत फ्रेन्च क्लब पीएसजीले इटालीको एसी मिलानलाई ३-० गोलअन्तरले पराजित गर्‍यो ।

पीएसजीको जितमा कायलियन एमबाप्पे, रान्डाल कोलो मुआनी र ली काङ-इनले एक-एक गोल गरे ।

एक खेल हारेको पीएसजीको तीन खेलमा यो दोस्रो जित हो ।

यूइएफएअन्तर्गतको फुटबल खेल इजरायलमा अनिश्चित समयका लागि स्थगित

इकागज | कात्तिक ३, २०८०

काठमाडौँ- यूइएफएको स्विकृतमा संचालन हुने फुटबल खेलहरु इजरायलमा अनिश्चित समयका लागि स्थगित भएको छ । ...

ब्रुसेल्समा गोली चलेपछि बेल्जियम र स्विडेनबीचको फुटबल खेल रोकियो

इकागज | असोज ३०, २०८०

काठमाडौँ- बेल्जियको राजधानी ब्रुसेल्समा दुई जनाको गोली हानी हत्या गरिएपछि यूरो कप फुटबल छनोटअन्तर्गत बे...

प्रशिक्षक भिन्सेन्जो भन्छन् : लाओसविरुद्ध नेपालले आक्रामक फुटबल खेल्छ

इकागज | असोज २९, २०८०

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिफा विश्वकप छनोटअन्तर्गत ल...