पूर्वाधार

आँबुखैरेनी-मुग्लिन खण्ड तीन घण्टा बन्द हुने

इकागज | जेठ २६, २०८१

तनहुँ- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड तीन घण्टा बन्द हुने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक भासिएको सडक मर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आइतबार बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको जनाएको छ । 

उक्त ठाउँको हिलसाइडमा चर्किएर बसेको ढुङ्गाहरू झार्नुपर्ने भएकाले उक्त कार्य गर्दाको समयमा सवारी साधन पूर्ण अवरुद्ध हुने सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए । 

विसं २०७९ जेठ २७ गते वर्षाका कारण उक्त ठाउँमा सडक भासिएको थियो । हाल भासिएको सडक मर्मतका लागि काम भइरहेको छ । निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मतको काम गरिरहेको छ । मर्स्याङ्दी नदीदेखि नै पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

नारायणघाट-बुटवल सडकको दुरावस्थाले घटे लुम्बिनी जाने पर्यटक

इकागज | जेठ २६, २०८१

काठमाडौँ- विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रमा जाने पर्यटक नारायणघाट-बुटवल सडकको दुरावस्थाका का...

तालचोक-बेगनास सडक निर्माणमा ढिलासुस्ती, हालसम्मको प्रगति जम्मा २५ प्रतिशत मात्र

इकागज | जेठ २४, २०८१

गण्डकी- विसं २०७९ चैतदेखि निर्माण थालिएको पोखरा महानगरपालिका-२७ तालचोकदेखि वडा नं ३१ बेगनास जो...