पूर्वाधार

गोरखा–आरुघाट सडक अवरुद्ध

इकागज | साउन ३, २०८१

गोरखा - गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको  डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ । 

भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए । 

गत वर्ष निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति पुर्याएको हो । भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याविन वाल’ पनि बगाएको छ । पुल भत्किएपछि बेनिघाट–आरुघाट सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।

'सडक अवरुद्ध हुँदा काठमाडौँबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारीसाधान चल्न सकेका छैनन्, वडाधयक्ष श्रेष्ठले भने, 'सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न गर्न असहज भएको छ ।'
रासस

पोखरासँग घान्द्रुक र सिक्लेसको यातायात सम्पर्क विच्छेद

इकागज | साउन १, २०८१

कास्की- यहाँको प्रमुख ग्रामीण पर्यटकीय गन्तव्य सिक्लेस र घान्द्रुकको पोखरासँग सिधा यातायात सम्पर्क विच्छेद भए...

धुलिखेल-खावा सडक : दुई दिनमा हेभी सवारी साधन गुडाउन पाउने गरी बाटो खुला हुँदै

इकागज | असार ३१, २०८१

काठमाडौँ- अरनिको राजमार्गमा (धुलिखेल जिरो किलो-खावा सडक खण्ड) निरन्तर वर्षाका कारण सडकमार्ग अवरुद्...

काठमाडौँका सडक मर्मत नहुँदा सर्वसाधारणलाई सास्ती, वडा भन्छ: छिट्टै बनाउँछौँ

इकागज | असार ३०, २०८१

काठमाडौँ– काठमाडौँमै समयमै सडक मर्मत नहुँदा स्थानीयले सास्ती बेहोर्नु परेको छ ।  काठमाडौँ ...

ठाउँपिच्छे खाल्डाखुल्डी र हिलाम्मे सडकले सास्ती खेप्दै यात्रु र सवारी चालक

रामबहादुर थापा | असार २४, २०८१

गण्डकी- निरन्तर वर्षाले पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । ठाउँपिच्...