संगीत

काली र इन्दिराले अमेरिकामा कन्सर्ट गर्ने

इकागज | साउन ८, २०८०

काठमाडौं - संगीतकार तथा गायक कालिप्रसाद बासकोटा र गायिका इन्दिरा जोशीले सांगीतिक कार्यक्रमका लागि अमेरिका टुर गर्ने भएका छन् । ३ ई इन्टरटेनमेन्ट एलएलसीले आयोजना गर्न लागेको ‘युएसए टुर २०२३’मा उनीहरुले आफ्नो प्रस्तुति दिनेछन् । ३ ई​ इन्टरटेनमेन्ट एलएलसी युवा सुरेश सापकोटाले स्थापना गरेका हुन् । सुरेशले कालि र इन्दिराको प्रस्तुतिले संस्कृति, संगीत र एकताको उत्सवलाई मजुबत बनाउन नेपाली सांगीतिक प्रस्तुतिले दर्शकलाई मोहित बनाउनेमा आशावादी रहेको बताए ।

‘यो अविश्वसनीय भ्रमणका लागि कालिप्रसाद बासकोटा र इन्दिरा जोशीलाई अमेरिका ल्याउन पाउँदा हामी हर्षित छौं’, संस्थापक सापकोटाले भने, ‘उनीहरुको अद्वितीय शैली र चुम्बकीय स्टेज उपस्थितिले लाखौंको मन जितेको छ । हामी निश्चित छौं कि उहाँहरुको प्रदर्शनले विविध पृष्ठभूमिका दर्शकलाई गहिरो रुपमा प्रतिध्वनित गर्नेछ ।’

यो कार्यक्रमका लागि कलाकारको व्यवस्थापन पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क प्रालिले गरेको छ । यो टुर अक्टोबर ७ देखि नोभेम्बर १४ सम्म हुनेछ ।
कालि र इन्दिराले संगीतको लागि आफ्नो जोश साझा गर्न र दर्शकलाई अविस्मरणीय अनुभवमा डुबाउन उत्सुक रहेको बताएका छन् ।‘युएस टुर २०२३’ अन्तर्गत अमेरिकाका प्रमुख १० सहरमा सांगीतिक प्रस्तुती हुनेछ । कार्यक्रम हुने सहर र स्थान चाँडै घोषणा गरिने आयोजकले जनाएका छन् ।

आयोजकले आधिकारिक वेभसाइट  www.KNIUSTOUR2023.com  बाट अन्य जानकारी लिन सक्ने जनाएको छ । सापकोटाले टुरका लागि चाँडै टिकट बिक्रीमा राखिने बताए । कलाकारको कुरा गर्दा कालि नेपालका लोकप्रिय गायक, संगीतकार तथा गीतकार हुन् । उनी आत्म–उत्तेजक धुन र भावनात्मक प्रस्तुतिका लागि परिचित छन् । उनले नेपाली संगीतलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउन उत्तिकै योगदान दिएका छन् ।

त्यस्तै गायिका इन्दिरा शक्तिशाली स्वर र चुम्बकीय स्टेज उपस्थितिका लागि प्रख्यात छिन् । उनले विभिन्न सांगीतिक प्लेटफर्ममा आफ्नो गर्विलो उपस्थितिका साथ लाखौं फ्यानको मन जितिसकेकी छन् । उनी आफ्नो गीतका कारण घर–घरमा चिनिएका छन् ।

३ ई इन्टरटेनमेन्ट एलएलसीले अमेरिकामा यसअघि फिल्ममा हाइ प्रोफाइल इभेन्टहरु आयोजना गर्दै आएको छ । पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क९पीभीई नेटवक०ले नेपालको नाम चलेको ट्यालेन्ट मेनेजमेन्ट र इभेन्ट प्रोडक्सन कम्पनी हो । यसका प्रबन्ध निर्देशक विकेश कायस्थ हुन् । यो कम्पनीले नेपालमा विभिन्न समयमा कलाकारको व्यवस्थापन गर्दै देशभरी सांगीतिक टुरको कार्यक्रम गरिसकेको छ । 

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानद्धारा ८ लोकस्रष्टालाई  ‘सम्मानार्थ सदस्यता’ प्रदान

इकागज | असार १९, २०८०

काठमाडौँ - राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले ८ जना लोकस्रष्टालाई ‘सम्मानार्थ सदस्यता’ प्...

रोमानियामा आफूमाथि बोतल प्रहार गर्ने युवकलाई कानुनी कारवाही नगर्न प्रकाश सपुतको आग्रह

इकागज | असार १२, २०८०

काठमाडौँ -  रोमानियनमा गीत गाइरहेको समयमा प्रकाश सपुतमाथि बोतल प्रहार गर्ने युवकलाई प्रकाश ...

र्‍यापर गिरिस खतिवडाको क्याफेमा युवकको मृत्यु, हत्या भएको भन्दै आफन्तले दिए जाहेरी

इकागज | असार ७, २०८०

विराटनगर- र्‍यापर गिरिस खतिवडाले विराटनगरमा सञ्चालन गरेको ‘जी क्याफे एण्ड विस्त्रो’ मा ...