संगीत

मेनुका पौडेलको पहिलो लाइभ कन्सर्ट हुँदै, माईपे वालेटबाट टिकट लिन सकिने

इकागज | फागुन ४, २०८०

काठमाडौँ- मेनुका पौडेलको आफ्नो पहिलो लाइभ सांगीतिक कार्यक्रम काठमाडौँबाट गर्ने उनको आर्टिस्ट म्यानेजर माईपे इमेन्ट्सले जनाएको छ । तपस्या इन्टरटेनमेन्टको आयोजनामा नेपालका प्रमुख ४ सहरहरूमा २०८० फागुन १८ देखि चैत्र १६ गतेसम्म काठमाडौँ, चितवन, पोखरा र इटहरीमा उनको सांगीतिक कार्यक्रम हुन लागेको हो । उनको सम्पूर्ण कार्यक्रमको टिकट अनलाइनबाटै माईपे डिजिटल वालेटबाट लिन सकिन्छ ।

२०५५ सालमा झापाको हल्दीबारी-४ मा जन्मेकी मेनुकाले १८ वर्षको उमेरमा नेपाल आइडलको पहिलो सिजनमा भाग लिइन् । नेपाल आइडलले नै उनलाई देश विदेशमा रहने नेपालीहरूमाझ चिनायो । त्यसपछि उनले भारतीय टीभी च्यानल सारेगमपाको मुम्बई अडिसनमा भाग लिइन् र उक्त कार्यक्रममा उनी टप ११ मा पर्न सफल भएकी थिइन् । त्यसपछि इन्डियन आइडलमा गई आफ्नो जादुमयी आवाजले सबैलाई मोहित बनाएकी पौडेल टप १० सम्म पुग्न सफल भएकी थिइन् ।

मेनुका पौडेलको यो पहिलो सांगीतिक नेपाल टुरमा आर्टिस्ट म्यानेज्मेन्ट माईपे इभेन्टले गरेको छ भने यस कार्यक्रमको प्रायोजन माईपे मनि ट्रान्सफरले गरेको छ । आगामी फागुन १८ गते काठमाडौँको क्लब प्लाटिनममा साँझ ७ बजेदेखि कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ ।

हाल साधारण टिकटको दर रु १००० र विशिष्ट टिकटको दर रु.१५०० राखिएको यस कार्यक्रमको टिकेटिङ पार्टनर माईपे वालेटले जनाएको छ । उनको लाइभ सांस्कृतिक कार्यक्रम हेर्न दर्शकहरू तथा मेनुकाका समर्थकहरू उत्साहित देखिएका छन् ।   

अर्केष्ट्रामा ८ वटा खलः पुचका १४ समूहबाट १५० कलाकारको प्रस्तुति हुने

इकागज | फागुन २, २०८०

काठमाडौँ - आउँदाे शनिबार (फागुन ५ गते ) जय बागेश्वरीमा ग्वलः अर्केष्ट्रा प्रस्तुति हुने भएको छ । काठमाडौ...

एलिना चौहानले सञ्‍चारमाध्यमलाई भनिनः यो पत्रकारिताको धर्मले मलाई कति असर गरेको छ ?

इकागज | माघ ९, २०८०

काठमाडौँ- गायिका एलिना चौहानले आफ्ना व्यक्तिगत जीवन गोप्य राख्ने अधिकार आफूसँग मात्र भएको धारणा रा...

इन्डियन आइडलबाट चर्चाको शिखरमा रहेकी मेनुका पौडेलको ‘बादलु माथि’ सार्वजनिक

इकागज | पुस २४, २०८०

काठमाडौँ - भारतीय रियालिटी शो इन्डियन आइडलको टप ११ मा पुगेर चर्चाको शिखरमा रहेकी गायिका मेनुका &nbs...

‘क्वालिटी इन्टरटेन्मेन्ट अवार्ड २०२३’ मा गायक पौडेलको '१८ कट्याैँ कि कटिनाैँ' मा झुमे दर्शक

इकागज | पुस १६, २०८०

काठमाडौँ- तेश्रो संस्करणको ‘क्वालिटी इन्टरटेन्मेन्ट अवार्ड २०२३’ कार्यक्रम राष्ट्रिय न...