प्रमुख समाचार

कारको सिटमुनी फल्सबटम, पाँच हजार थान लागूऔषध बरामद

इकागज | साउन ७, २०७९

पर्सा । कारको सिटमुनी बनाइएको फल्सबटमबाट ठूलो मात्रामा ओसारपसार गनृ लागिएको लागूऔषध बरामद गरिएको छ । पर्सा प्रहरीले बी आर ०७ वाई ८२०१ नम्बरको सुजुकी मारूती अल्टो कारबाट लागूऔषध बरामद गरेको हो ।

पर्सा प्रहरीकाअनुसार कारको सिटमुनी फल्सबटम बनाई लुकाईछिपाई ओसारपसार गर्दै गरिएको अवस्थामा लागूऔषध बरामद गरेको जनाएको छ । लागूऔषधसहित एक पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकस्थित सडकखण्डमा विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगञ्जका अनिल कुमारलाई पक्राउ गरेको जनाएको छ । कारबाट लागूऔषध फेनारगन ८८६ एम्पुल, डाइजेपाम ११५५ एम्पुल र नुरफिन ९७८ एम्पुल गरी जम्मा ३०१९ एम्पुल तथा नाईट्राभेट १७८५ ट्याब्लेट फेला परेको हो ।

सो लागूऔषध कारको सिटमुनी फल्स बटम बनाई कागजले बेरी राखेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
 

ओली भन्‍छन्- मनमोहनबाट प्रेरित भएर गिरिजा कम्युनिस्ट कार्यकर्ताको रुपमा राजनीतिमा लागे

इकागज | साउन ७, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजलाई समृद्ध नेपाल, सुख...

हत्या गरी गाडेको अवस्थामा ४८ दिनपछि महिलाको शव फेला, श्रीमान्‌सहित तीन जना पक्राउ

इकागज | साउन ७, २०७९

सर्लाही- पर्सा गाउँपालिका–१ शीतलपुरमा एक महिलाको हत्या गरी गाडिएको अवस्थामा ४८ दिनपछि आज शव फेल...

युक्रेन र रसियाबीच खाद्य सम्झौतामा सहमति, अन्नको मूल्यमा गिरावट आउन सक्‍ने

इकागज | साउन ७, २०७९

इस्तानबुल- टर्कीले ब्ल्याक सी हुँदै युक्रेनबाट हुने अन्नको निर्यात रोक्न रुससँग सम्झौता गरेको बताएको छ । उ...