ललितपुर महानगरले भन्योः तत्काल घर नम्बर प्लेटको एक हजार लिन्नौँ
काठमाडौँ- ललितपुर महानगरपालिकाले घर नम्बर प्लेट बापतको एक हजार रुपैयाँ तत्काल नलिने भएको छ । महानगरपालिकाले केही दिन अघि सम्पत्ति करसँगै घर नम्बर प्लेटको रकम बुझाउनु पर्ने गरी सूचना जारी गरेको थियो ।
सम्पत्ति करसँगै घर नम्बर प्लेटको रकम बुझाउनु पर्ने प्रावधान पुनरावलोकन गर्नुपर्ने भएकाले तत्कालको लागि स्थगित गरिएको महानगरले जनाएको छ ।