प्रमुख समाचार

चार दिनपछि आँबुखैरेनी सडक दुईतर्फी सञ्चालन

इकागज | जेठ ३१, २०७९

मुग्लिन- भासिएको चार दिनपछि पृथ्वीराजमार्गको तनहुँस्थित आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिकको सडक सोमबार साँझबाट दुईतर्फी सञ्चालनमा आएको हो ।

शुक्रबार सडक भासिँदा एकतर्फीमात्रै सवारी सञ्चालन हुँदै आएको थियो । शुक्रबार र शनिबार भने राति ७ बजेदेखि बिहान ५ बजेसम्म सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । आइतबारबाट भने रातिमा पनि सवारी सञ्चालन गरिएको छ । 

साढे दुई मिटर भित्ता काटिएकाले दुईतर्फी सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ । पहिला सडक भासिएर बाँकी रहेको तीन मिटर र हाल पहरो काटेर साढे दुई मिटर गरी साढे पाँच मिटर बाटो बनेको छ । दुईतर्फी यातायात सञ्चालन भए पनि जोखिम भने कायमै रहेको जनाइएको छ । यात्रुवाहक सवारीसाधनलाई दुईतर्फी सञ्चालन गरिए पनि मालवाहक सवारीसाधनलाई भने एकतर्फी मात्रै सञ्चालनको व्यवस्था मिलाइएको छ । 

बजेट निर्माणमा 'अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको' समाचारप्रति अर्थको खण्डन

इकागज | जेठ ३०, २०७९

काठमाडौँ - आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणको क्रममा ‘अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको’...

बौद्ध धर्मको मानमर्दन भएको भन्दै कबड्डी-४ को प्रदर्शन रोक्न उजुरी दर्ता

इकागज | जेठ ३०, २०७९

काठमाडौं- देशभर प्रदर्शनरत फिल्म कबड्डी–४ को प्रदर्शन रोक्न माग गर्दै जिल्ला प्रकाशन कार्यालय काठमाडौं...

माधव नेपालले भने- नेपालमा विदेशी सेना कुन देशका छन्, कहाँ छन् ?

इकागज | जेठ ३०, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कुनै पनि देशको हस्तक्षेप...

कामै नगरी भुक्तानी लिने गैरसरकारी संस्थाका प्रमुखलाई भ्रष्टाचार मुद्दा

इकागज | जेठ ३०, २०७९

काठमाडौं– जनचेतनामूलक कार्यक्रम नै नगरीकन नक्कली बिलका आधारमा भुक्तानी लिएको अभियोगमा अख्तियार द...