प्रमुख समाचार

चाैताराका स्वतन्त्र मेयरका उम्मेदवारले गरे प्रमुख पाँच दलविरुद्ध कारबाहीको माग

इकागज | बैशाख २०, २०७९

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले प्रमुख पाँच दलविरुद्ध उजुरी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवार कुमार श्रेष्ठले प्रमुख पाँच दलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

उनले कानुनबमोजिम कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका छन् ।

नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीविरुद्ध उनले कार्यालयमा उजुरी दिएका हुन् । यी पाँच दलले

सार्वजनिकस्थलमा ठूला ठूला तुल, ब्यानर र झण्डा राख्दै आचारसंहिता उल्लघंन गरेको आरोप लगाएका छन् ।
यो नगरमा कुमार एक्ला स्वतन्त्र उम्मेदवार हुन् । उनले खानेपानीको धारा चुनाव चिन्ह पाएका छन् ।

आचारसंहिता उल्लंघन गरेको उजुरी यहाँ पहिलो उजुरी हो । मुख्य निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले उजुरी परेको पुष्टि गरे । स्वतन्त्र उम्मेदवार कुमारले दर्ता गरेको उजुरीको दर्ता नं. ८ रहेको छ । यसअघि कार्यालयमा उम्मेदवारको दाबी विरोध सम्बन्धी उजुरी परेको थियो ।

‘आचारसंहिता उल्लघंन गरेवापत दलले कानुन बमोजिम कारबाही भोग्नुपर्छ’ उम्मेदवार श्रेष्ठले भनेका छन्, ‘प्रचार सामग्री हटाएर मात्रै हुँदैन ।’
 

रुस-युक्रेन युद्धमा कति सर्वसाधारणले ज्यान गुमाए ? यस्तो छ राष्ट्रसंघको तथ्याङ्क

इकागज | बैशाख २०, २०७९

जेनोभा- संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्चायोग (ओएचसीएचआर) ले २४ फेब्रुवरीदेखि भएको रुसी हमलामा ३ हज...

इदले नेपाली राष्ट्रिय एकता र अखण्डतालाई थप मजबुत बनाउँछ : प्रधानमन्त्री देउवा

इकागज | बैशाख २०, २०७९

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र...

इदले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्‌भाव, आपसी मित्रतालाई सुदृढ गर्छ : उपराष्ट्रपति पुन

इकागज | बैशाख २०, २०७९

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्लिम समुदायको महान पर्व इद (इदउल फित्र)को शुभकामना दिएका छन् ...