प्रमुख समाचार

उम्मेदवारलाई दिदीको खुट्टा ढोग्दा भोट किनेको आरोप, यस्तो छ वास्तविकता

इकागज | बैशाख १९, २०७९

काठमाडौँ – सामाजिक सञ्जालमा यतिबेला एउटा तस्बिर निकै भाइरल छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. १० का नेपाली काग्रेंसका तर्फबाट वडा अध्यक्ष उम्मेदवार बनेका अमृत खनालको फोटो भाइरल भएको हो । खनालले आफ्नो फूपुको खुट्टा ढोगेर दक्षिणा दिदैँ गरेको फोटोले यतिबेला सामाजिक सञ्जालमा विभिन्न सवालहरु उठेका छन् । 

अहिले स्थानीय तह निर्वाचनको माहोल तातिरहेको र खुट्टामा पैसा राखे उम्मेद्वारले नै ढोगेपछि यसबारे टिका टिप्पणी उठेका हुन् । कतिपयले भोट माग्ने तरिका भन्दै सामाजिक सञ्जालमा लेखेका छन् । 

तर, त्यो फोटोको वास्तविकता भने यस्तो छ । 

आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु घरदैलो अभियानमा जुटेका छन् । वडा अध्यक्ष उम्मेदवार बनेका खनाल पनि घरदैलो अभियानमा नै थिए । घरदैलो कार्यक्रमको क्रममा सोमबार बिहान खनाल छिमेकी वडामा पर्ने फूपुको घरमा पनि पुगे । फूपुले भाई चुनावमा उठेकाले बधाईको साथै शुभकामना दिदैँ टिका लगाईदिइन्। फूपुले टिका लगाएपछि हिन्दु संस्कारअनुसार फूपुको खुट्टा ढोगे । अनि दक्षिणा दिए ।
घटनाक्रम यत्ति हो ।

‘हिन्दु संस्कारअनुसार खाली हात ढोग्ने चलन छैन, मैले यसअघि पनि दिदीहरुलाई ढोग्दा दक्षिणा दिने गरेको थिएँ,’ उम्मेदवार खनालले इकागजसँग भने, ‘विपक्षीले यसलाई प्रपोगाण्डा बनाए ।’

अर्काे त खनालले जसको खुट्टामा पैसा राखेर ढोगेको फोटो भाइरल भएको छ। उनीसँग खनाललाई भोट हाल्न पाउने अधिकार छैन । उनको घर अर्कै वडामा पर्छ।
खनालकी दिदीको मेलम्ची नगरपालिकाको ९ नं. वडामा घर पर्छ । खनाल वडा नं. १० का उम्मेदवार हुन् । ‘यसलाई विपक्षी गठबन्धनले चुनावको समयमा भ्रम छरेको मात्रै हो ।’ उनले भने, ‘मैले आफ्नो संस्कारअनुसार गरेको हुँ ।’

उनले दिदीलाई ढोगेको फोटो आफ्नै फेसबुकमा पनि राखेका छन् । ‘पैसा बाँड्ने उम्मेदवारले यसरी खुलमखुल्ला, अझ फोटो खिचेर पैसा बाँड्छन् होला र ? उनले इकागजसँग प्रतिप्रश्न गरे ।

उनका दिदी चेतकुमारी कार्कीले मतदान गर्ने वडा नं. ९ मा हो । उनी गोल्मास्थान उपस्वास्थ्य चौकी मतदानस्थलमा मतदान गर्नेछिन् । यसबारे उम्मेदवार खनालकी फुपु कार्कीले भनेकी छन्, ‘मेरो भदो हो, घुम्दै आउँदा म कहाँ आइपुग्यो, मैले आशिर्वाद दिएको हो ।’

उनले भनिन्, ‘उसले मसँग भोट मागेको हैन, मैले दिन पनि मिल्दैन, मेरो अर्कै वडा हो ।’

उम्मेदवार खनालकी दिदी चेतकुमारी कार्कीको मतदाता परिचय पत्र, उनको मतदाता नामावली अर्कै वडामा रहेको छ ।

 

योे विषय बाहिर आएपछि सामाजिक सञ्जाल फेसबुकमार्फत पनि खनालले स्पष्ट पारिसकेका छन् । उनले फेसबुकमा लेख्दै भनेका छन् – आफ्नो संस्कृति, हिन्दु परम्परा अनुसार आफ्नो फूपुको खुट्टो ढोगेपछि दक्षीणा दिने चलन परापूर्वकालदेखि नै चलिआएको हो । चुनावको समयमा यसलाई भ्रम छर्न विभिन्न आरोपका साथ विपक्षीले प्रपोगाण्डा बनाउनु नौलो कुरा र नौलो विषय हुदैँ होइन । कांग्रेस एकमात्र यस्तो पार्टी हो जसले आफ्नो धर्म, संस्कृति, परम्पराको संरक्षण र सम्मान गर्दै आएको छ । म मेलम्ची वडा नं. १० का कांग्रेस पार्टीबाट उम्मेदवारको रुपमा चुनाव अभियानसहित घरदैलो कार्यक्रमा फुपूको घर पुग्दा आशिर्वाद लिएको हुँ । फूपुले आशिर्वाद दिएपछि मेरो परम्परा अनुसार खुट्टा ढोग्दै दिदीलाई दक्षीणा दिनु गलत हो ? मेरो परम्पराले फुपूले टिका लगाएपछि खाली हात राख्दैन । तपाँई आफ्नो घरको परम्परा र संस्कृति सम्झनुहोस् ? म एक हिन्दु धर्मप्रति आस्था राख्ने व्यक्तिको लागि के यो गलत परम्परा हो ? आफ्नो फुपू बाहेक अन्यत्र कतै पैसा दिएको प्रमाण दिन सक्छ कसैले ? साथै, मेरो फुपू मेलम्ची नगरपालिका वडा नं १० को मतदाता नभएको पनि जानकारी गराउँछु । यसलाई भ्रम छरेर गतल सूचनाको आधारमा तथ्य विहीन समाचार सम्प्रेषण नर्गनुहुन सम्पूर्ण सञ्चारमाध्यमा हार्दिक अनुरोध गर्दछु ।
 

उनले आफू मतदाताको प्रिय भएको बताउँदै राजनीतिका नाममा हिन्दुधर्मप्रतिको आस्थालाई गलत प्रयोग नगर्नसमेत आग्रहसमेत गरेका छन् । 

'सरकारले वैदेशिक ऋण बोक्न सक्ने क्षमताका परियोजना मात्र ल्याउँछ'

इकागज | बैशाख १९, २०७९

काठमाडाैँ – अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालय र निजी क्षेत्रबीचमा कर असुलीबारे हुने द्वन्द्वको ...

यस्तो छ आगामी बजेटका लागि महासंघले अर्थमन्त्रीलाई बुझाएको 'इच्छासूची'

इकागज | बैशाख १९, २०७९

विश्वले नै एकैसाथ बेहोर्नुपरेको त्रास, अनिश्चितता र महामारीसंगको संघर्ष धेरै हदसम्म कम भएको छ । नेपालील...

नमूना मतपत्रमा चुनाव चिन्ह नराखिएकाे भन्दै उम्मेदवार धर्नामा

इकागज | बैशाख १९, २०७९

जनकपुरधाम- निर्वाचन आयोगले आफ्नो आधिकारिक वेभसाइटमा राखेकाे नमूना मतपत्रमा आफ्नो चुनाव चिन्ह नराखेकाे ...

स्वास्थ्य रणनीति : सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल

इकागज | बैशाख १९, २०७९

काठमाडौँ - सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन थालेको छ...

प्रहरी महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले लगाए फुली

इकागज | बैशाख १९, २०७९

काठमाडौं - दुई सुरक्षा निकायका प्रमुखहरूलाई दर्ज्यानी चिन्ह (फुली) प्रदान गरिएको छ । नेपाल प्रहरीका...