प्रमुख समाचार

हत्या अभियोग लागेका पूर्वमन्त्री आलमको मुद्दा माथेमा र सुवेदीको इजलासमा

इकागज | बैशाख १६, २०७९

काठमाडौँ- पूर्वमन्त्री अफताब आलमविरुद्धको विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेको सम्बन्धी ‘हेर्दाहेर्दै’मा रहेको मुद्दाको सुनुवाइ आज हुँदैछ । 

सुनुवाइका लागि न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा मुद्दाको पेसी तोकिएको छ । 

तर, यसअघि पटक पेसी तोकिए पनि एक पटक पनि सुनुवाइ भएकै छैन । मुद्दा सात पटक स्थगित, पाँच पटक हेर्न नमिल्ने र चार पटक हेर्न नभ्याइने भनिएको छ ।

जिल्ला अदालत रौतहटको पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगंजले सदर गरेपछि त्यसविरुद्ध आलमले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए । 

२०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उदेश्यले भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याइ बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ ।

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन सत्तागठबन्धनका शीर्ष नेताको आग्रह

इकागज | बैशाख १६, २०७९

काठमाडौँ- पाँच दलीय गठबन्धनले बागी उम्मेदवारलाई आफ्नो उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । शुक्रबार ...

राप्रपा हेटौँडाका उम्मेदवारको मन्दिरमा सपथ, ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह  हो’

इकागज | बैशाख १६, २०७९

हेटौँडा- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हेटौँडा उपमहागरपालिकाका उम्मेदवारले मन्दिरमा गएर सपथ लिएका...

बागी उम्मेदवारी फिर्ता नलिए कांग्रेसबाट स्वतः निष्कासित हुने

इकागज | बैशाख १६, २०७९

काठमाडौँ- नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन निर्देशन दिएको छ । स्थानीय तह निर्वा...

नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्‍नतामा अतुलनीय परिवर्तन देखेको छु : अमेरिकी विदेशमन्त्री

इकागज | बैशाख १६, २०७९

काठमाडौँ- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय...