प्रमुख समाचार

लुम्बिनी सरकारबाट १४ दिनमै बाहिरियो जसपा

इकागज | बैशाख ९, २०८१

बुटवल - जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट बाहिरिएको छ ।  

जसपाबाट भण्डारीलाल अहिर सरकारमा सहभागी भएका थिए। कृषि तथा भूमि व्यवस्था मन्त्री रहेका भण्डारीले पदबाट राजीनामा दिएका छन् । 

गत चैत २५ मा अहिर मन्त्री नियुक्त भएका थिए । जसपाले दुई मन्त्रालय माग गरेकोमा एउटा मात्रै मन्त्रालय दिइएपछि सरकारबाट बाहिरिने निर्णय गरेको हो । सोही निर्णयका आधारमा मन्त्री अहिरले आइतबार राजीनामा दिएका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशमा जसपाका तीन सांसद रहेका छन् । मुख्यमन्त्री जोखबहादुर महराले चैत्र ३० गते विश्वासको मत लिंदा ४८ मत पाएका थिए । जसपा सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । सर्मथन फिर्ता लिएमा भने सरकार अल्पमतमा पर्ने देखिन्छ ।

अमेरिकाले पारित गर्‍यो युक्रेनका लागि ६१ अर्ब डलरको राहत प्याकेज

इकागज | बैशाख ९, २०८१

काठमाडौँ - युक्रेनलाई सहयोग गर्न अमेरिकी प्रतिनिधि सभाले ६१ अर्ब डलरको राहत प्याकेज पारित गरेको छ । यु...

वर्षौंदेखि सत्तामा बसिरहेका मान्छेले नयाँ मान्छे आएको चित्त बुझाएनन् : रवि लामिछाने

इकागज | बैशाख ८, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धाउने षडयन्त्र भइरहेको बताए...

गण्डकीमा मन्त्री चुमानलाई आर्थिक र गुरुङलाई भौतिक मन्त्रालयको जिम्मेवारी

इकागज | बैशाख ८, २०८१

कास्की- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन् । उनले बिनाविभागीय ...

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

इकागज | बैशाख ८, २०८१

काठमाडौँ- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुनेगर...