प्रमुख समाचार

सन्दिप लामिछानेको मुद्दामा सुनुवाई आज

इकागज | बैशाख १०, २०८१

काठमाडौँ- क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पनि सुनुवाई हुँदैछ ।

जिल्ला अदालत काठमाडौँको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाई हुँदैछ ।

गत वैशाख ३ गतेको सुनुवाईमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए । न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो ।

साथै जन्ममितिसम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको छ ।

उच्च अदालतको आदेशपछि तादी गाउँपालिकाको २ नम्बर वडाले फेरि पत्राचार गरेको छ । उक्त पत्रमा गौशाला २६ को जन्ममिति २०६१ असार १८ रहेको र पछि उनले विद्यालयको प्रमाणपत्रका आधारमा एक वर्ष उमेर घटाएर अर्को जन्मदर्ता निकालेको खुलेको थियो ।

सोही बिषयमा अदालतले आजबाट सुनवाइ सुरू गर्न लागेको हो ।

‘डेढ दशकभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गरिने’

इकागज | बैशाख ९, २०८१

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आगामी १५ वर्षभित्रमा बाध्यताले वैदेशि...

एमालेको राष्ट्रिय गौरव पदकबाट सम्मानित हुँदै पूर्वराष्ट्रपति भण्डारी

इकागज | बैशाख ९, २०८१

काठमाडौँ- नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय...