संसद्

जिल्ला निर्वाचन आयोग खारेज गर्ने सरकारको त्रुटी तत्काल सच्याइयोस् : रास्वपा

इकागज | असार ११, २०८०

काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियोरले जिल्ला  निर्वाचन आयोग खारेज गर्ने निर्णय सरकारले तत्काल सच्याउनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै परियारले यस्तो बताएका हुन् । 

‘लोकतन्त्रमा निर्वाचन मेरुदण्ड हो,’ उनले भने, ‘जनताले आफ्नो स्वइच्छाले आफ्नो जनप्रतिनिधि छान्न पाउनुपर्ने यो अधिकारको सुनिश्चित गर्नुपर्ने, मतदाताहरूको अध्यावधिक गर्नुपर्ने र निर्वाचनलाई निष्पक्ष र धाँधलीरहित बनाउनुपर्ने जिम्मेवारी पाएको संवैधानिक आयोगको जिल्ला निर्वाचन कार्यालयहरूलाई खारेज गर्ने सरकारको यो त्रुटी तत्काल सच्याइयोस् ।’

सरकारले आफ्नो त्रुटी नसच्याए रास्वपाले सदनमा यसको विरोध गर्ने सांसद परियारले बताएका छन् । उनले अर्थमन्त्रीलाई यो निर्णय तत्काल खारेज नगरे अर्थमन्त्रीको प्रस्ताव पनि खारेज गर्ने चेतावनी दिए ।

‘अर्थमन्त्रीलाई म विनम्रताका साथ भन्न चाहन्छु,’ उनले भने, ‘यो निर्णयलाई खारेज गर्नुस् । फिर्ता लिनुहोस् । अन्यथा हामीले तपाइँको प्रस्तावलाई पनि खारेज गर्नुपर्ने हदसम्म जानुपर्नेछ ।’

आगामी तीन वर्षभित्र काठमाडौँ-निजगढ द्रुतमार्ग निर्माण कार्य सम्पन्न गरिनेछ : मन्त्री ज्वाला

इकागज | असार १०, २०८०

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले आगामी तीन वर्ष भित्र काठमाडौँ–...

संविधान संशोधन गरेर उपराष्ट्रपतिलाई राष्ट्रियसभाको जिम्मेवारी दिउँ : सांसद सिंह

इकागज | असार १०, २०८०

काठमाडौँ– स्वतन्त्र सांसद अमरेशकुमार सिंहले उपराष्ट्रपतिको कार्यालय सम्बन्धी विनियोजन बजेट शीर्षकमा ...

नेपालको सीमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिनुपर्छ : सांसद महासेठ

इकागज | असार ८, २०८०

काठमाडौँ- नेकपा एमालेका सांसद रघुविर महासेठले नेपालको सीमानाको सुरक्षा गर्ने जिम्मा नेपाली सेनालाई द...

प्रधानमन्त्री दाहालले आफ्नो सचिवालय विघटन गरिदिए हुन्छ : राजेन्द्र पाण्डे

इकागज | असार ८, २०८०

काठमाडौँ- सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पु...