संसद्

संसदमा सुवालको आक्रोश : सरकारी मिडियामा खाली सरकार र मन्त्रीहरूको मात्रै आउने ?

इकागज | असार ४, २०८०

काठमाडौँ– नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले सरकारी सञ्चार माध्यमहरूलाई सत्तारूढ दलहरूको मुखपत्रको संज्ञा दिएका छन् । सोमबारको प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै सुवालले सञ्चारमन्त्रीले सरकारी स्वामित्वमा रहेका सञ्चार माध्यमहरू गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सरकार र मन्त्रीहरूको मात्रै प्रचार गर्न निर्देशन दिएको भन्दै आक्रोशसमेत व्यक्त गरे ।

‘खाली सरकारी पार्टीको, मन्त्रीहरूको मात्रै आउने, अरु कोही छैन यहाँ ? १३ वटा दल छन् संसदमा । अरुको केही सुन्नै नपाउने । सञ्चारमन्त्रीज्यूले सबै चिज सरकारको मात्रै प्रचार गर्नु भनेर निर्देशन दिन मिल्छ ?’ उनले भने । 

सुवालले खुमलटारस्थित रेडियो नेपालको ५० औं रोपनी जग्गा बिक्री गरेर करोडौं कमीसन खाने काम भएको बताए । त्यस्तो गतिविधिमा संलग्नहरूलाई कडा कारबाहीको माग गर्दै उनले भने, ‘रेडियो नेपालको खुमलटारस्थित ५० औं रोपनी जग्गा बिक्री गरेर करोडौं कमीसन खाने को–को हो ? कारबाही हुनुपर्यो ।’

उनले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा खर्च कटौतीको प्रस्ताव पनि पेस गरेका छन् । 

सोमबार संसदमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल चलिरहेको छ । 

सांसद पोखरेलको प्रश्न : सरकारले विश्वविद्यालयलाई रणमैदान बनाउन खोजेको हो ?

इकागज | असार ४, २०८०

काठमाडौँ– नेकपा एमालेकी सांसद मेनुकाकुमारी पोखरेलले त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागका...

उपचारका लागि राज्यबाट सहयोग लिनेको श्वेतपत्र जारी गर्न सांसदको माग

इकागज | असार ३, २०८०

काठमाडौँ - विपन्न नागरिकले उपचार नपाएर मृत्युवरण गर्न बाध्य हुनुपर्दा गुनासो भइरहेका बेला राज्यबाट उपचा...

संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट ठीक आएन : हीतराज पाण्डे

इकागज | असार ३, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले संघीयता कार्यान्वयनको दृष्टिकोणले बजेट...

संसदमा सुमना श्रेष्ठको प्रश्न : नर्सहरूलाई महिनामा १५ हजार तलब दिएपछि विदेशिँदैनन् त ?

इकागज | असार ३, २०८०

काठमाडौँ– रास्वपा सांसद सुमना श्रेष्ठले श्रेष्ठले स्वास्थ्य क्षेत्रमा सरकारले लगानीको विस्तार गर्न आवश्य...

बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आजैदेखि सुरु भएको छ : मन्त्री ज्वाला

इकागज | असार ३, २०८०

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढीका कारण अवरुद्ध सडक पुल निर्माण कार्य आज...

नेपाललाई भारतीय पक्षले गरेको हेपाहा प्रवृतिबारे संसदमा उठ्यो प्रश्न

इकागज | असार ३, २०८०

काठमाडौँ - सांसद ठाकुरप्रसाद गैरेले भारतले कपिलवस्तु र लुम्बिनीलाई आफ्नो सदनमा नक्साङ्कन गरी अत्यन्तै गलत...