ठूला दलबीच सहकार्य आवश्यक छ : प्रमुख सचेतक लेखक

इकागज | बैशाख २४, २०८१

कञ्चनपुर - नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले ठूला राजनीतिक दलहरुबीच अस्थिरताबाट मुलुक जोगाउन र संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणका लागि सहमति, सहकार्य र संवाद आवश्यक रहने बताएका छन् ।

नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले अहिलेको सरकार समीकरणमा नेकपा (एमाले) भित्र पनि असन्तुष्टि रहेको उल्लेख गर्दै सत्ता समीकरणबारे आफैँमा विरोधाभास र आशंका रहेको धारणा राखे । 

“नेपाली कांग्रेस र एमालेभित्र ठूला दल मिलेर सरकार बनाउनुपर्छ भन्ने मत बलियो छ”, उनले भने, “जनता पनि ठूला दल मिलेर मुलुकलाई सही दिशामा लैजानुपर्छ भन्नेमा छन् ।” कांग्रेस र एमालेबीचको सत्ता सहकार्य गर्ने विषयमा ठोस कुरो नभएको प्रमुख सचेतक लेखकको भनाइ थियो ।

सरकार सञ्चालनका लागि नभए पनि मुलुकलाई अस्थिरतातर्फ जान नदिन, संविधानको रक्षा गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि पनि ठूला दलहरुबीच सहकार्य र छलफल आवश्यक हुने प्रमुख सचेतक लेखकको  भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै सहकारी छानबिनको विषयमा समग्रमा छानबिनको विषयमा सकारात्मक धारणा आएको बताउँदै उहाँले त्यसका लागि कांग्रेस पनि सकारात्मक रहेको बताए । उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन हुनुपर्नेमा कांग्रेसको अडान यथावत रहेको बताए । 

“सहकारीको रकम अवचलन भएकोलगायतको विषय छानबिन गर्ने निकायको जिम्मेवारीमा रहेका पनि आरोपित छन्”, उनले भने, “हामीले राजीनामा होइन, छानबिनको माग गरेका हौँ ।”

आगामी वैशाख २८ गते संसद् बैठक हुनुअघि उक्त विषय सम्बोधन हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।
रासस

विश्वासको मतबारे निर्णय गर्ने अधिकार मुख्यमन्त्रीलाई छोडिदिएका छौं : कांग्रेस कोशी प्रमुख सचेतक तामाङ

इकागज | बैशाख २३, २०८१

 काठमाडौँ- नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले विश्वासको मत लिने/...

भन्सार विभागमा आम जनता पार्टीको धर्नामा प्रहरी हस्तक्षेप, दर्जनौं हिरासतमा

इकागज | बैशाख २३, २०८१

काठमाडौँ- भन्सारको लुटकारी व्यवस्थाविरुद्ध आम सम्पर्क मञ्चद्वारा भन्सार विभागमा जारी शान्तिपूर्ण धर्ना क...

विदेशीको दबाब प्रभावका कारण मुलुकको सत्ता समीकरण परिवर्तन भएको हो : राजेन्द्र लिङ्देन

इकागज | बैशाख २३, २०८१

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको दबाब प्रभावका कारण मुलुकको...

पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण

इकागज | बैशाख २२, २०८१

कास्की- नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले स्थानीय तहमा आफ्नो पार्टीबाट गण्डकी प्रदेशबाट निर्वाचित जनप्रतिनि...

कांग्रेसले बाहेक देशको विकास अन्य पार्टीले गर्न सक्दैन : मोहन बस्नेत

इकागज | बैशाख २२, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले गठबन्धनका कारण पार्टीमा भएको नोक्सानीको पाठ सिक्नु...