गण्डकीका सभामुखबाट असंवैधानिक कार्य भएको कांग्रेसको ठहर

इकागज | बैशाख २४, २०८१

काठमाडौँ- नेपाली कांग्रेसले गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालबाट असंवैधानिक कार्य भएको ठहर गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेशसभामा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने क्रममा सभामुखबाट संविधानको मर्म र भावना तथा संसदीय पद्धति र अभ्यासविपरीत भएको असंवैधानिक कार्यप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १८८ को उपधारा ३ मा उल्लेख भएअनुसार तत्काल कायम रहेको सम्पूर्ण सदस्यको बहुमतबाट गर्नुपर्ने व्यवस्था हुँदाहुँदै ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सदस्यको मत चाहिनेमा सभामुखले ३० सदस्यको मत प्राप्त खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको घोषणा गर्नु नेपालको संविधानको मर्म र भावना तथा संसदीय शासन पद्धतिको आधारभूत मूल्य, मान्यता एवं संसदीय अभ्यास र परम्परा विपरीत गरिएको कार्य हो भन्ने नेपाली कांग्रेसको ठहर छ ।’

उक्त कार्य संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली र नेपालको संविधानमाथिकै ठाडो प्रहार भएको भन्दै कांग्रेसले यसले सर्वसत्तावादी चरित्रलाई उदाङ्गो पारेको बताएको छ । कांग्रेसले उक्त कार्यको घोर निन्दा र भर्त्सना पनि गरेको छ ।

कांग्रेसले सरकार परिवर्तन नभइ मुलुकको अस्थिरता अन्त्यका लागि प्रयास गर्नुपर्छ : अर्जुन नरसिंह केसी

इकागज | बैशाख २४, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले नेपाली कांग्रेसले सरकारको नेतृत्व परिवर्तनक...

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वापाका मन्त्रीहरूको पत्र

इकागज | बैशाख २४, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा मन्त्रीहरूले...

एकीकृत समाजवादीको निष्कर्ष : पार्टी विभाजनसम्बन्धी चलेको हल्ला गलत र भ्रामक

इकागज | बैशाख २४, २०८१

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले पार्टी विभाजनसम्बन्धी चलेको हल्ला गलत र भ्रामक रहेको निष्कर्ष निकाल...

जसपा नेपाल भन्छ- बहुमत केन्द्रीय सदस्य दलप्रति प्रतिबद्ध छन्, विभाजनको अवस्था छैन

इकागज | बैशाख २४, २०८१

काठमाडौँ- जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ । जसपा नेपालका प्रवक्ता मनिष सुमनले एक ...

व्यक्ति केन्द्रित भएर कांग्रेसले आफ्नो माग जारी राखे हामी सहमत हुँदैनौँ : महेश बर्तौला

इकागज | बैशाख २४, २०८१

काठमाडौँ- नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू तयार रहेको बताएको छ  ...