सरकारमा सहभागिताका विषयमा पार्टीले अन्य कुनै निर्णय गरेको छैन : नेकपा एस

इकागज | बैशाख २५, २०८१

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागिताका विषयमा पार्टीले अन्य कुनै निर्णय नगरेको स्पष्ट पारेको छ ।

पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको समाजवादीको सचिवालय बैठकले पार्टी निरन्तर सरकारमा रहेकाले बाहिर आएका हल्लाहरू निराधार भएको भन्दै सरकारमा सहभागिताका विषयमा पार्टीले अन्य कुनै निर्णय नगरेको स्पष्ट पारेको हो । बैठकले विकसित भएका राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक लिँदै जिम्मेवारीपूर्वक आफ्ना कदमलाई अघि बढाउने निष्कर्ष निकालेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले सरकारको नीति तथा कार्यक्रमका साथै बजेटको निर्माणमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय दललाई निर्देशन समेत दिएको प्रवक्ता खतिवडाले जानकारी दिए । बैठकमा पार्टीका विषयमा चलेका चर्चाहरूका बारेमा छलफल भएको भन्दै उनले सबै पार्टी पङ्क्ति एक ढिक्का रहेको र कुनै समस्या छैन भन्नेमा प्रष्ट रहेको बताए ।

बैठकले महाधिवेशन तयारीका लागि आवश्यक जोडिएका कामहरू प्रभावकारी ढंगले पूरा गर्नका लागि पार्टीका सबै कमिटीहरूलाई निर्देशन समेत दिएको छ । 

मविरुद्ध छानबिन समिति बनाउने कुनै आधार छैन- गृहमन्त्री लामिछाने

इकागज | बैशाख २५, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले आफूविरुद्ध छानबिन समिति बनाउन...

जसपा नेपालले भन्यो : अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ भन्‍नेमा स्पष्ट छ

इकागज | बैशाख २५, २०८१

काठमाडौँ- उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म रहनुपर्छ भन्नेमा स्पष्ट र...

रास्वपाले सहकारी प्रकरणमा संसदीय छानबिन समिति अस्वीकार गर्ने

इकागज | बैशाख २५, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी हिनामिना प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति ...

रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छुः प्रधानमन्त्री

इकागज | बैशाख २५, २०८१

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी सेनामा आबद्ध नेपालीलाई स्वदेश फिर्ता ...

जसपा नेपालका प्रदेश र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई आयोगले सनाखतका लागि बोलायो

इकागज | बैशाख २५, २०८१

काठमाडौं - निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखतक...