व्यक्तिगत स्वार्थका कारण पार्टी विभाजन भयोः अध्यक्ष यादव

इकागज | बैशाख २९, २०८१

जनकपुरधाम - जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले विशेष साजिस तथा व्यक्तिगत स्वार्थका कारणले आफ्नो पार्टी विभाजन भएको जिकिर गरेका छन् ।

मधेस स्वास्थ्यकर्मी फोरम नेपालको चौथौ राष्ट्रिय महाधिवेशनको शनिबार जनकपुरधाममा उद्घाटन गर्दै उनले पार्टी फुटाउने कार्य सत्ता स्वार्थका लागि भएको र त्यसबाट जनतालाई धोखा दिएको आरोप लगाए । 

विगतमा पनि केही व्यक्तिले आफ्नो स्वार्थका लागि पार्टी फुटाएर गएको स्मरण गर्दै उनले अहिले पनि त्यही प्रवृत्ति दोहोरिएको तर त्यसबाट पार्टीलाई कुनै असर नपर्ने दाबीसमेत गरे ।

आफू बाहिर गएको मौकाछोपी केही व्यक्तिले निहित स्वार्थमा पार्टी फुटाएको भन्दै उनले पार्टी फुटाउनेहरूको कुनै भविष्य नरहेको पनि बताए । पार्टीको महाधिवेशन तोकिएकै समयमा हुने र फुटेर गएका साथीहरू आत्मलोचनासहित फर्किने पनि उनको भनाइ थियो । 

आयोजक संस्थाका अध्यक्ष सचितानन्द जैसवालको अध्यक्षतामा भएको कार्यक्रममा वन तथा वातावरणराज्यमन्त्री दीपककुमार कार्की, मधेस प्रदेशका समाज कल्याण तथा खेलकुदमन्त्री सुरिता साह र मधेस प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादवलगायतले आफ्नो धारणा राखेका थिए । 

समाजवादीको स्थायी कमिटी बैठकमा महाधिवेशनमा पेश हुने दस्तावेजहरु प्रस्तुत

इकागज | बैशाख २९, २०८१

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी बैठकमा महाधिवेशनमा पेश हुने दस्तावेजहरू प्रस्तुत गरिए...

राष्ट्रपतिको सल्लाहकार बनेको व्यक्तिले राष्ट्रहीत विपरीत अभिव्यक्ति दिनु निन्दनीय : अध्यक्ष ओली

इकागज | बैशाख २९, २०८१

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको सल्लाहकार बनेको व्यक्तिले राष्ट्रहीतका विपरी...

संविधानमा देखिएका कमी कमजोरीलाई सच्चाउँदै अघि बढ्नुपर्छ : सिटौला

इकागज | बैशाख २९, २०८१

काठमाडौँ - नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले संविधानमा देखिएका कमी कमजोरीलाई सच्याउँदै अघि बढ्नुप...

कांग्रेस पदाधिकारी बैठकको निष्कर्ष : संसद्‌ चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

इकागज | बैशाख २९, २०८१

काठमाडौँ- नेपाली कांग्रेसले सरकारले संसद्‌ चल्न नदिनेतर्फ उद्दत हुँदै गएको निष्कर्ष निकालेको छ । ...

राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेन : अध्यक्ष ओली

इकागज | बैशाख २९, २०८१

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्म...

रवि लामिछानेको गगन थापालाई चुनौती - ऋण मागेको प्रमाण दिए राजनीति छाड्छु

इकागज | बैशाख २८, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कुनै ऋण मा...