एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको तयारी पूरा

इकागज | बैशाख ७, २०८१

काठमाडौँ- नेकपा एमालेले शनिबारबाट ललितपुरमा सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकको तयारी पूरा भएको जनाएको छ ।

शुक्रबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै एमालेले ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा हुने सम्मेलनको तयारी पूरा भएको जनाएको हो ।

बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्हरू दुई हजार ७३ जना, केन्द्रीय कमिटी, केन्द्रीय निकायमा मनोनयन गरिएका परिषद् बाहेकका ३ सय ८१ जना आयोजक कमिटीसहित २ हजार ४ सय ५४ जना सहभागी हुने एमालेले जनाएको छ । दुई दिनसम्म चल्ने बैठकमा विभिन्न प्रतिवेदन पेस हुने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।

प्रथम विधान अधिवेशन र दशौं राष्ट्रिय महाधिवेशनपछि हुन गइरहेको प्रतिनिधि परिषद्को बैठक वैधानिक हिसाबले सबैभन्दा ठूलो औपचारिक फोरम भएको उनले बताए । बैठकमा एमालेका विभिन्न अभियानको समीक्षा हुने र मिसन ८४ को तयारीका लागि बैठकमार्फत सुझाव संकलन गरिने पोखरेलले बताए ।

त्यस्तै महासचिव पोखरेलले लोकतन्त्रलाई संस्थागत गर्ने प्रश्नमा सत्ता र प्रतिपक्ष सबैसँग मिलेर काम गर्न तयार रहेको बताए । उन अहिलेको अवस्थामा मुलुकलाई सही बाटोमा अघि बढाउन एमालेको ध्यान रहेको धारणा राखे ।

प्रतिनिधि परिषद्को बैठकपछि वैशाख १० गते एमालेले नेकपा स्थापनाको हिरक महोत्सव पनि मनाउने जनाएको छ । उक्त कार्यक्रममा अध्यक्ष केपी ओलीका साथै प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतले सम्बोधन गर्ने एमालेले जनाएको छ । 

गण्डकी र सुदूरपश्चिममा प्रदेश प्रमुखबाट गरिएका निर्णय गैरसंवैधानिक : कांग्रेस

इकागज | बैशाख ७, २०८१

काठमाडौँ- नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट गरिएका निर्णय गैरसंवैधानिक भए...

नेतृत्वमा बसेकाहरूको सोच र चिन्तन परिवर्तन नभएसम्म संविधान दिगो हुन सक्दैन : राजेन्द्र महतो

इकागज | बैशाख ५, २०८१

काठमाडौँ- राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नेतृत्वमा बसेकाहरूको सोच र चिन्तन परिवर्तन नभ...