एकीकृत समाजवादीको महाधिवेशन अब असारमा

इकागज | बैशाख ५, २०८१

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले जेठमा गर्ने भनिएको पार्टीको १० औं महाधिवेशन एक महिना पर सार्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय आलोकनगरमा बुधबार बसेको सचिवालय बैठकले जेठ ३ देखि ७ गतेसम्म हुने भनिएको महाधिवेशन असार १६ देखि २० गते काठमाडौँमा गर्ने निर्णय गरेको हो । आन्तरिक तयारी नपुगेको र संगठनको तलबाट माग भएबमोजिम केन्द्रले विश्लेषण गरि महाधिवेशन केही समय सार्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

त्यस्तै बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीलाई अघि सार्ने निर्णय गरिएको उनले बताए ।

प्रवक्ता खतिवडाले सत्ता गठबन्धनमा आफ्नो पार्टीले बार्गेनिङ नगरेको भन्दै यसअघि भएको सहमतिलाई कार्यान्वयन गर्नुपर्नेमा पार्टीको जोड गरेको धारणा राखे । उनले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीले आलोपालो प्रधानमन्त्री खाने बार्गेनिङ गर्दै नयाँ सत्ता समीकरण बनाएको आरोप लगाए ।

प्रवक्ता खतिवडाले सहकार्यमा विश्वासको आधारमा हिँडेको पार्टीलाई गठबन्धनका दलहरूले कुठाराघात गरेको भन्दै जस्तो व्यवहार हुन्छ त्यस्तै जवाफ दिने स्पष्ट पारे । उनले विगतमा कागजमा लेखिएका कुराहरूमा धोका भएको र च्यातिएको इतिहास रहेकाले कागजलाई एकातिर राखेर अबदेखि हिँड्ने चालको गन्ती गर्न चुनौती दिए ।  

सुहाङलाई भोट माग्दै ओलीले भने- उद्देश्य बोकेर हिँडेका वास्तविक उम्मेदवार हुन्

इकागज | बैशाख ५, २०८१

इलाम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम-२ मा वैशाख १५ गते उपनिर्वाचनको चुनावी सभामा सहभागी भए...

एकीकृत समाजवादीले सुदूरपश्चिममा सोडारीलाई नै मुख्यमन्त्रीमा अगाडि सार्ने

इकागज | बैशाख ५, २०८१

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दिर्घ सोडारीलाई मुख्यमन्त्रीमा अग...

रवि लामिछानेको प्रश्न- जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनु पर्ने हो ?

इकागज | बैशाख ४, २०८१

काठमाडौँ - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो नाममा फेक धितो ऋण खाता खोलेर ऋण प्रवाह भए...

सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीले गर्छ : सोमप्रसाद पाण्डे

इकागज | बैशाख ४, २०८१

काठमाडाैँ - नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले सुदूरपश्चिम प्रदेश सरकारको...

सुदूरपश्चिममा एकीकृत समाजवादीको यूटर्न, लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता

इकागज | बैशाख ४, २०८१

धनगढी - सुदूरपश्चिममा एकीकृत समाजवादीले यस अघि लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ ...

कानुनको शासनमा सर्वसाधारण र शक्तिशाली दुवैले गल्ती गर्दा सजाय पाउनुपर्छ : गगन थापा

इकागज | बैशाख ४, २०८१

काठमाडौँ - नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथ...