धर्मगुरु लिङ्देनले डा.शेखरलाई भनेः एक पटक जनताको अभिभावक बनिदिनुस्

इकागज | बैशाख ४, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइराला आज किराँत धर्म गुरु आत्मनन्द लिङ्देनसँग आशीर्वाद लिन उनको आश्रम पुगेका छन । उपनिर्वाचनको प्रचारका लागि इलाम-२ पुगेका कोइरालाले मंगलबार इलाम माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा रहेको लिङ्देनको आश्रम पुगेर उनलाई भेटेका हुन।

धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोगिरहनु परेको र धर्म संस्कृतिको क्षेत्रमा समेत प्रहार हुन थालेको कोइरालासँग गुनासो गरे ।

‘गिरिजाप्रसाद पछि देशले जिम्मेवार अभिभावक पाएन । माओवादी द्वन्द्व समाधान गर्न तपाईंले निकै राम्रो भुमिका खेल्नुभयो । अब एकपटक देशको बागडोर सम्हालेर जनताको अभिभावक बनिदिनुस्, म तपाईंको साथमा छु,’ गिरिजाप्रसाद कोइरालासँग तीन पटक आफूलाई भेट्न आएको स्मरण गर्दै लिङ्देनले कोइरालालाई भने ।

नेता कोइरालाले आफू यतिबेला सबै भन्दा माथि देश र जनता छन भन्ने अभियान बोकेर हिँडेको लिङ्देनलाई सुनाए ।

कोइरालाले सबै जातजातिको धर्म संस्कृति बचाउने कुरामा आफू अडिग रहेको र त्यसका लागि गुरु लिङ्देनको आशीर्वाद लिन आएको बताए । कोइरालाले अहिलेको बेथिति हटाएर देशलाई निकास दिन सक्छु भन्ने कुरामा विश्वस्त रहेको धारणा राखे ।

'आन्दोलनको क्रममा मृत्यु भएका डाँगीलाई सहिद घोषणा नगरे आन्दोलन गर्ने राप्रपाको चेतावनी'

इकागज | बैशाख ४, २०८१

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री रवीन्द्र प्रताप शाहले आन्दोलनको क्रममा मृत्यु भएका ठाकुर...

दुई/चार सिट ल्याएर सत्ताको च्याँखे थाप्नेको पसल बन्द गरौँ : बास्कोटा

इकागज | बैशाख ४, २०८१

काठमाडौँ- नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले चुनावपुर्व गठबन्धन गरेर दुई चार सिट...

डाँगीलाई शहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति दिन राप्रपाको माग

इकागज | बैशाख ३, २०८१

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौँ केन्द्रित प्रदर्शनका क्रममा घाइते भएर निधन भएका ...

इलाम पुगेर डा. शेखर कोइरालाले भने : कांग्रेस कमजोर छैन, उपनिर्वाचनमा हाम्रो जित हुन्छ

इकागज | बैशाख ३, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा शेखर कोइरालाले कांग्रेस कमजोर नरहेको बताएका छन् ...

ओलीको टिप्पणी- एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखायो

इकागज | बैशाख ३, २०८१

काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले नांगो रुपमा दक्षिणपन्थी अवसरव...

एमालेको विश्‍वास : केन्द्रको सत्तासमीकरणअनुसार नै सुदूरपश्चिममा सरकार बन्छ

इकागज | बैशाख २, २०८१

काठमाडौँ- नेकपा एमालेले केन्द्रको सत्तासमीकरणअनुसार नै सुदूरपश्चिममा सरकार बन्ने विश्वास व्यक्त गरेक...

सुदूरपश्चिम प्रदेश : एउटै पार्टीका दुई जनाको मुख्यमन्त्रीमा दाबी

इकागज | बैशाख २, २०८१

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँसमक्ष नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई प्रदेशसभा ...

भीम रावलको टिप्पणी : सुदूरपश्चिममा सत्ताको खेल संविधानको मर्म र जनताको आकांक्षाविपरीत

इकागज | बैशाख २, २०८१

काठमाडौँ- नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिममा भएको सत्ताको खेल संविधानको मर्म र जनताको आकांक्...