प्रदीप पौडेलको प्रश्न- निर्दोष छु भन्नेहरू छानबिनका लागि तयार किन नभएको ?

इकागज | चैत २६, २०८०

काठमाडौं - नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्री रवि लामिछाने निर्दोष छन् भने किन छानबिनका लागि तयार छैनन् भन्ने प्रश्न गरेका छन्  ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी हुने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पौडेलले कांग्रेस संसदीय छानबिन समितिको अडानबाट पछि नहटेको स्पष्ट गर्दै निर्दोष छु भन्नेहरू नै छानबिनका लागि तयार किन नभएको भन्दै प्रश्न गरेका हुन् । 

उनले भने- ‘छानबिनका लागि निर्दोष छु भन्नेहरू किन तयार नहुनुभएको त ? निर्दोष भए त झनै छानबिन गरेर निर्दोष साबित हुनु राम्रो हुन्छ । दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अप्ठ्यारो भयो । हामीले पूर्वाग्रह राखेको होइन, नयाँ कुरा गरेको होइन । नेपाली कांग्रेसका छानबिन समिति निर्माण गर्ने अडानबाट पछि हटेको छैन र हट्दैन ।’
 

महेश बस्नेतविरुद्ध बलात्कार र भ्रूण हत्या आराेपमा जाहेरी दर्ता

इकागज | चैत २५, २०८०

काठमाडौँ- नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध फौजदारी कसुरको जाहेरी दर्ता भएको छ । म...

जनप्रदर्शन रोक्ने प्रयास नगर्न सरकारलाई राप्रपाको चेतावनी

इकागज | चैत २५, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चैत २७ गतेको जनप्रदर्शनमा ५० हजारभन्दा बढीको सहभागिता ह...

इलाम उपनिर्वाचनमा एकीकृत समाजवादीले चुनाव जित्ने झलनाथ खनालको दाबी

इकागज | चैत २४, २०८०

इलाम- पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम...

राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा झडप, प्रहरी जवान गम्भीर घाइते

इकागज | चैत २४, २०८०

काठमाडौँ- राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा आज काठमाडौँमा भएको झडपमा पर...