राप्रपाले भन्याे - प्रदेशमा सरकार बनाउन नयाँ सत्ता समीकरणलाई समर्थन गर्दैनाैं

इकागज | चैत २१, २०८०

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेश सरकार निर्माणका लागि नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने निर्णय गरेको छ । 

बुधबार बसेको केन्द्रीय पदाधिकारी बैठकले प्रदेश सरकार गठनमा नयाँ सत्ता समीकरणलाई समर्थन नगर्ने निर्णय गर्दै आवश्यक परेमा कांग्रेसको नेतृत्वमा हुने विपक्षी गठबन्धनलाई समर्थन गर्न सक्ने निर्णय गरेको हो ।

त्यस्तै प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार अध्यक्ष राजेन्द्र लिङ्देललाई दिएको छ । प्रदेश सरकारका निर्माणका लागि राप्रपा गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा महत्वपूर्ण अवस्थामा छ । राप्रपाले समर्थन गर्ने अवस्थामा सत्ता गठबन्धनलाई लुम्बिनी, गण्डकी र सुदूरपश्चिममा सजिलो हुने अवस्था रहेको छ ।

राप्रपाले चैत अन्तिम सातादेखि सुरु गर्ने आन्दोलनको तयारीबारे पनि छलफल गरेको छ ।

छानबिन समिति गठन नगर्नुले सहकारी प्रकरणमा गृहमन्त्रीको संलग्नता पुष्टि भयाे : महत्त

इकागज | चैत २१, २०८०

काठमाडाैँ - नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले संसदीय छानबिन समिति गठन गर्न ढिलाई हुँदा त्यस...

संसदमा गृहमन्त्रीलाई बोल्न नदिएर कांग्रेसले असंसदीय काम गर्यो- डा. स्वर्णिम वाग्ले

इकागज | चैत २१, २०८०

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्ले संसदमा सहकारीको महाकाव्य ल...

कांग्रेस बैठकमा देउवालाई शेखरकाे चेतावनी : कि जित्नेलाई टिकट दिनुस् नत्र सबै जिम्मा आफैँ लिनुस्

इकागज | चैत २०, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालाले जित्ने उम्मेदवारलाई टिकट दिन आग्रह गरेका छन् । इल...

वैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेलाई माओवादीले समर्थन गर्ने रघुजी पन्तको विश्वास

इकागज | चैत २०, २०८०

काठमाडौँ- नेकपा एमालेका नेता रघुजी पन्तले वैशाख १५ गते हुने उपनिर्वाचनमा एमालेलाई माओवादीले समर्थन ग...

काँग्रेसले भन्यो - जनताको पैसा दुरुपयोग भयो, न्याय टुहुरो भयो

इकागज | चैत २०, २०८०

काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकर...