महाधिवेशनमा सहभागी हुनेले चैत मसान्तभित्र सदस्यता नवीकरण गर्नुपर्ने

इकागज | चैत २०, २०८०

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले १०औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुने सबैलाई यही चैत मसान्तसम्म सदस्यता नवीकरण गर्न आह्वान गरेको छ ।

आगामी जेठमा हुने महाधिवेशनमा प्रतिनिधि चयन गर्न पार्टी मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीमा रहेका नेताले समयमै आफ्नो सदस्यता नवीकरण गर्न पार्टीले आह्वान गरेको हो ।

पार्टीले वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि छनोटको कार्यतालिका निकालेको छ । पार्टीले तल्लो कमिटीका सुझाव समावेश गरी विधान संशोधन पनि गरिसकेको छ ।

केन्द्रीय अध्यक्षदेखि केन्द्रीय निकायका सदस्य पनि चुनिएर आउनुपर्ने व्यवस्था भएकाले सम्बन्धित कमिटीले कार्यक्षेत्रका सदस्यलाई निर्धारित समयमै सदस्यता नवीकरण गरी त्यसको अभिलेख राख्न पार्टीले निर्देशन गरेको पोलिटब्यूरो सदस्य दिलु पन्तले जानकारी दिए ।
 
महाधिवेशन प्रतिनिधि बन्न पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म नेताहरू चुनिएर आउनुपर्ने व्यवस्था विधानले गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र विकास गर्दै समाजवादको दिशामा अगाडि बढाउने लक्ष्य लिएको पार्टीले प्रदेशस्तरीय, विभागीय, आयोगस्तरीय समूह निर्माण गरी विभिन्न कमिटीबाट पार्टीको आदर्श, वैचारिक दृष्टिकोण, कार्यदिशा, कार्ययोजना, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषणसहित महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेका छन् ।

रेशम चौधरीको आरोप : सत्ता गठबन्धनको हस्तक्षेपका कारण पार्टीमा विवाद उत्पन्न भएको हो

इकागज | चैत १९, २०८०

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले सत्ता गठबन्धनको हस्तक्षेपका कारण पार्टीमा विवा...

रेशम चौधरीको टिप्पणी : हल्लाको पछाडि नलागौँ, पार्टी कसैको पेवा होइन

इकागज | चैत १९, २०८०

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी कसैको पेवा नभएको टिप्पणी गरेका...

रेशम चौधरीले आफूहरूलाई हत्या गर्ने धम्की दिएको केन्द्रीय सदस्यहरूको दाबी

इकागज | चैत १९, २०८०

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका केही केन्द्रीय सदस्यहरूले रेशम चौधरीले आफूहरूलाई हत्या गर्न...

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकबाट साझा धारणा बनाउनु पर्छ - नेता महर

इकागज | चैत १९, २०८०

काठमाडौं- मुलुकमा विद्यमान समस्याको निकासका लागि नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्...