सांसद प्रदीप पौडेलको प्रश्न- लडाइँ जारी रहेका बेला सरकारले रुसमा श्रम स्वीकृति किन दियो ?

इकागज | चैत १९, २०८०

काठमाडौँ - नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले रुसमा श्रम स्वीकृति खुलाएको भन्दै विरोध गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पौडेलले रुसी सेनामा नेपालीहरू भर्ना भएको विषयमा मुकदर्शक भएको बेला श्रम स्वीकृति खुलाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

सांसद पौडेलले रुसमा श्रमिकको रुपमा गएर सेनामा भर्ना गराउन खोजिएको त होइन भन्दै प्रश्न गरेका छन् ।

उनले भने- 'रुसमा युद्ध भइरहेको छ, हामी सबैलाई थाहा छ । नेपाल सरकारले नेपाली जनतालाई कडाइका साथ रुस नजान भन्नु पर्ने ठाउँमा  श्रम मन्त्रालयले श्रम स्वीकृति खुलाएको छ । यति नै बेला सरकारले रुसमा श्रम स्वीकृति किन दियो ? यस भित्र गम्भीर स्वार्थ लुकेको हामीले देखेका छन् ।'

उनले रुसी सेनामा भर्ना भएर मृत्यु भएका परिवारलाई डीएनए परीक्षण गर्ने क्रममा आफन्तलाई सरकारले पिडा दिएको आरोप समेत लगाए ।

बहुमत ल्याउन सक्ने पार्टीको रूपमा कांग्रेसलाई स्थापित गर्नुपर्छ : सभापति देउवा

इकागज | चैत १८, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत ल्याउन सक्ने पार्टीको रूपमा कांग्रेसलाई स्था...

एकीकृत समाजवादीले सातै प्रदेशमा भागबन्डा खोज्दै बागमती सरकारलाई विश्वासको मत नदिने

इकागज | चैत १८, २०८०

हेटौँडा- बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल संकटमा परेका छन् । सत्ता घटक दल एकीकृत समाज...

मिथ्या आरोपका भरमा गृहमन्त्रीको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न सकिँदैन : सन्तोष परियार

इकागज | चैत १८, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले मिथ्या आरोपका भरमा गृहमन्त्रीको छानबिनका...

मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न कांग्रेसको निर्देशन

इकागज | चैत १८, २०८०

मकवानपुर- नेपाली कांग्रेस बागमती प्रदेशले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलका विपक्षमा मतदान...

गृहमन्त्रीविरुद्ध संसदीय छानबिन समिति गठन नभएसम्म सदनमा यस विषयलाई उठाइरहन्छौं : कांग्रेस

इकागज | चैत १८, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्रीविरुद्ध छानबिनका लागि संसदीय छ...