प्रधानमन्त्रीले आफ्नो एकवर्षे रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्छ : शेखर कोइराला

इकागज | पुस ४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मन्त्रीहरूको रिपोर्ट कार्ड खोज्नुको सट्टा प्रधानमन्त्रीले आफ्नो एकवर्षे रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्ने बताएका छन् ।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले एक वर्षमा आफूले गरेका कामको प्रधानमन्त्री रिपोर्ट सार्वजनिक गर्नुपर्ने बताएका हुन् । नेता कोइरालाले जनतालाई आशा जगाउन वर्तमान सरकार र नेतृत्व परिवर्तन अपरिहार्य रहेको जिकि गरे । उनले सरकार सञ्चालनका कारण जनतामा वितृष्णा बढेकाले नेपाली कांग्रेसको नेतृत्वमा मात्र जनतामा आशा जगाउन सकिने बताए ।

कोइरालाले एनसेल प्रकरणले राजनीतिक दलका नेताहरू, कर्मचारी र व्यापारीहरूको नेक्सस सार्वजनिक गरेको बताए । उनले नेपालमा भइरहेका ठूला-ठूला भ्रष्टाचारमा नेता, कर्मचारी र व्यापारीको मिलोमतो हुने गरेको जिकिर गरे ।

सभापति देउवापछि शेखरलाई वरिष्ठ नेता नमान्ने भएपछि मधेश प्रदेशमा विवाद

इकागज | पुस ४, २०८०

काठमाडौँ- नेपाली कांग्रेस मधेश प्रदेशकाे सम्मेलनमा नेपाली कांग्रेसका नेता डा. शेखर काेइरालालाई आ...

सांसद पन्तको प्रश्न : नेपाली सेनाले आफ्नो लागि चाहिने गोलीगट्ठा र बारुद पनि बनाउन सक्दैन

इकागज | पुस ४, २०८०

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले सेनाले आफ्नो लागि चाहिने न्यूनतम् गोलीगट्ठा र बारुद उत्पादन ...

'सार्वजनिक कार्यालय कब्जा गर्ने र त्यसको दुरुपयोग गर्ने कुराको हामी कल्पनासमेत गर्न सक्दैनौँ'

इकागज | पुस ४, २०८०

काठमाडौँ- नेपाली कांग्रेस पाल्पा जिल्ला सम्मेलनको उद्घाटन सत्रका विषयमा सामाजिक सञ्जाल र केही सञ्चार...

एमालेले अब मुलुकको आर्थिक-सामाजिक समृद्धिको विशाल खाका तयार पार्छ : योगेश भट्टराई

इकागज | पुस ४, २०८०

काठमाडौँ- नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले पार्टीले मुलुकको आर्थिक-सामाजिक सम...

कमल थापाको जिकिर : नेपालमा राजासहितको प्रजातन्त्रमात्रै सही र सफल हुन्छ

इकागज | पुस ३, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजासहितको प्रजातन्त्रमात्...

जनताको चाहना भए संघीय संसदबाट फिर्ता भइ आन्दोलन गर्छौं : अध्यक्ष लिङ्देन

इकागज | पुस ३, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना भए संघीय संसदबाट फिर्त...