पार्टीको विधान संशोधन गर्दै नेकपा एस

इकागज | पुस २, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले पार्टीको विधान संशोधन गर्ने तयारी थालेको छ । पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको सचिवालय बैठकमा पार्टीको विधान संशोधन कार्यसमितिले विधान संशोधन प्रस्ताव पेस गरेको हो ।

आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका क्रममा विधान संशोधनका लागि पार्टीका संगठन विभाग प्रमुख वेदुराम भुसाल संयोजकत्वको समितिले सचिवालय बैठकमा प्रस्ताव पेस गरेको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । विधान संशोधन प्रस्तावमाथि मंगलबार पनि सचिवालय बैठकमा छलफल हुने उनले बताए ।

प्रस्तावमाथि आएका सुझावहरूलाई समेटेर अघि बढाइने उनकाे भनाइ छ ।

सचिवालयको बैठकपछि पौषको ९ गते स्थायी कमिटी, १० गते पोलिटब्युरो र पौष ११ र १२ गते केन्द्रीय कमिटीको बैठक बस्ने समाजवादीले जनाएको छ । त्यस्तै समाजवादीले माघको १४ र १५ गते राष्ट्रिय सम्मेलनको आयोजना गर्ने यसअघि नै निर्णय गरिसकेको छ । 

सरकारले भ्रष्टाचारी र तस्करलाई कारबाही गर्न थालेपछि राज्य दोहन गर्नेलाई पचाउन गाह्रो भो : दीपशिखा

इकागज | पुस २, २०८०

काठमाडौँ- काठमाडौँ- नेकपा माओवादी (केन्द्र)का युवा नेता तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दी...

भन्सार नियमावलीमा रहेको ४५ प्रतिशत पुरस्कारको व्यवस्था खारेजीको माग गर्दै आजपाको विरोध प्रदर्शन

इकागज | पुस १, २०८०

काठमाडौँ- प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले काठमाडौँस्थित भन्सार विभाग घेराउ गरेको छ । आइतब...

राजसंस्था र हिन्दु राष्ट्रको माग राख्नु असंवैधानिक होइन भन्ने मान्यता स्थापित गराउन सफल भयौंः अध्यक्ष लिङदेन

इकागज | पुस १, २०८०

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीले राज संस्था र हिन्...