शेखर-गगन समूहमा कुनै फाटो आएको छैनः अर्जुननरसिंह केसी

इकागज | मंसिर २७, २०८०

काठमाडौँ - नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले शेखर—गगन समूहमा कुनै फाटो नआएको दाबी गरेका छन् । 

बुधवार काठमाडौंमा बसेको काँग्रेस नेता डा. शेखर कोइराला गुटको बैठकपछि बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफूहरु लोकतन्त्रवादी भएकाले वाद, प्रतिवाद र संवादको प्रक्रिया भइरहने बताए । उनले महासमिति बैठक तोकिएकै समयमा हुनुपर्ने बताए । उनले नेपाल भ्रष्टाचारको काण्डले सिंगारिएको भन्दै काँग्रेसले भ्रष्टाचारबिरोधी अभियान महासमितिबाट पारित गरेर जनतामा जानुपर्ने बताए । 

उनले भने, ‘गुट भित्र कुनै फाटो आएको छैन, हामी लोकतन्त्रवादी हौँ । लोकतन्त्रवादी भनेकै वाद, प्रतिवाद र संवादको प्रक्रिया हो । विचारहरु आउँछन्, विचारमा विमति हुन्छ, कहिलेकहीँ व्यक्तित्व घर्षण र असन्तुलन पनि देखिन्छ । तर त्यसलाई छलफल र सहमतिद्वारा नै टुंग्याउनुपर्छ । त्यो प्रयत्नमा हिजो पनि र आज पनि म निरन्तर रुपमा लागेको छु । हामीले कति पटक महासमिति बैठक सार्ने, त्यसैले तोकेकै मितिमा अधिवेशन हुनुपर्छ । नेपाल भ्रष्टाचारको काण्डै काण्डले सिंगारिएको छ । काँग्रेसले भ्रष्टाचारबिरोधी अभियान महासमितिबाट पारित गरेर जनता जानुपर्छ ।’

नेता केसीले अहिलेसम्मका भ्रष्टाचारका प्रकरणहरुको छानबिन गरी अन्तिम फैसला गर्नुपर्ने बताए ।  

राष्ट्रिय सभा निर्वाचनमा पार्टीले उम्मेदवार छान्दा मापदण्ड बनाउनुपर्छ : डा. शेखर

इकागज | मंसिर २७, २०८०

काठमाडौँ - नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी महामन्त्री गगनकुमार थापासँग आफ्नो मतभेद नर...

सत्तासीनहरुमा स्वार्थी, लुटेरा र धनी हुने प्रवृति हुँदा देश पछि पर्‍योः ओली

इकागज | मंसिर २७, २०८०

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्वकर्ताहरु सत्ता र स्वार्थ केन्द्...

छिटो शेखरलाई संसदीय दलको नेता नबनाउने हो भने ०८२ मा महाधिवेशन हुन्न- गगन थापा

इकागज | मंसिर २७, २०८०

काठमाडौं - नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काँग्रेस नेतृत्वको यहीँ तालले २०८२ मा पार्टीको महाधि...

शेखर समूहको बैठक सुरु

इकागज | मंसिर २७, २०८०

काठमाडौँ - नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहको बैठक सुरु भएको छ । काठमाडौँको बत्तीसपुतलीमा रह...

कांग्रेसलाई कमजोर बनाउने प्रयास भइरहेको छ : मुख्यमन्त्री पाण्डे

इकागज | मंसिर २७, २०८०

लमजुङ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र उल्ट्याउन चाहने तत्वले कांग्रेसलाई चौतर्फी प्र...

दुर्गा प्रसाईंजस्ता स्यालको हुइँय्या अबका केही दिनमा समाप्त हुन्छ : पाण्डे

इकागज | मंसिर २६, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले दुर्गा प्रसाईंजस्ता स्यालको...

मिनेन्द्र रिजालले भने - सत्ताधारीहरुको आलोचना गर्दा गणतन्त्र नै नाश हुन थाल्यो भन्ने मानसिकता छ

इकागज | मंसिर २६, २०८०

काठमाडौँ - नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले वर्तमान सत्ताधारीहरुमा आलोचना गर्दा गणतन्त्र नै न...