बैंकहरू मिटरब्याजी जस्तो हुनु हुँदैन : अध्यक्ष ओली

इकागज | मंसिर २४, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका बैंकहरू मिटरब्याजी जस्तो हुन नहुने बताएका छन् ।​ आइतबार झुलाघाट-चिवाभञ्ज्याङ यात्रा अन्तर्गत नुवाकोटमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले बैंकले निर्मम साहु, मिटरब्याजी तरिकाले नभएर विकासकाे लागि सहयोगी र अनुकूल संस्थाको रूपमा काम गर्न आवश्यक रहेको जिकिर गरे । उनले बैंकहरूले जुन सर्तमा व्यवसायीहरूलाई ऋण दिएको हो त्यो सर्त पालना गर्न आवश्यकता औंल्याए । उनले बैंक र ऋणहरूबीच ब्याजदर लगायतका विषयमा सर्त पालना नभएर दुवै पक्षबीचको सहमतिमा ब्याजदर घटबढ गर्नुपर्ने भनाइ राखे ।

उनले पछिल्लो समय बैंक र ऋणीहरूबीचको सहमतिमा ब्याजदर घटबढ गर्ने नियमावलीमा लेखिएको भए पनि घट्ने हुँदै नहुने तर बढ्ने मात्रै भइरहेको टिप्पणी गरे ।

उनका अनुसार बैंकले एकलौटी ब्याज बढाउन नपाउने व्यवस्था गर्नुपर्ने अवस्था सिर्जना भएको छ । अध्यक्ष ओलीले बैंकहरूले कर्जाको ब्याजदरलाई सिंगल डिजिटमा ल्याउनुपर्ने बताए । उनले अप्ठ्यारोमा परेका व्यवसायीहरूलाई केही समयका लागि म्याद थप गरेर उद्यम व्यवसायहरूमा सहयोग गर्न आग्रह गरे ।

गगनको प्रश्न : कांग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका घटना किन ?

इकागज | मंसिर २४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरू कुशासनका कारण आक्रान्त भएको बताएका छन्...

हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि मोर्चा बनाएर आन्दोलन गर्नुपर्छ : अध्यक्ष थापा

इकागज | मंसिर २४, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको निम्...

अहिलेको सरकारले विकासको काममा ध्यान केन्द्रित गर्न सकेन : केपी ओली

इकागज | मंसिर २४, २०८०

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले विकासको काममा ध्यान केन्द्रित गर्न नसकेको...

मनिष झाको प्रश्न - के भ्रष्टाचारका काण्ड अनुसन्धान गर्ने संयन्त्र कार्यकर्ता नियुक्तिका लागि मात्र हो ?

इकागज | मंसिर २३, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले देशमा भएका अख्तियार अनुसन्धान आयोगलगायतका अन्य...

पोखरा र लुम्बिनी विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गर्‍यो : ओली

इकागज | मंसिर २३, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमा...