दल

गगनको प्रश्न : कांग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका घटना किन ?

इकागज |
मंसिर २४, २०८० आइतबार १६:२३ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकहरू कुशासनका कारण आक्रान्त भएको बताएका छन् । आइतबार नेपाली कांग्रेसको मुखपत्र 'नेपाल पुकार' को लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा उनले आजको दिनमा कुशासनबाट नागरिकहरू वाक्कदिक्क भएको जिकिर गरे । उनले एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद भएको बताए । उनले कांग्रेस सरकारमा भएको बेलामा यति धेरै कुशासनका यति धेरै घटना किन भइरहेका छन् ? भन्दै प्रश्न गरे ।


महामन्त्री थापाले कांग्रेस समुन्नतिको पक्षमा अघि बढ्नुपर्ने बताए ।

 


Author

थप समाचार
x