दल

अहिलेको सरकारले विकासको काममा ध्यान केन्द्रित गर्न सकेन : केपी ओली

इकागज |
मंसिर २४, २०८० आइतबार १४:३९ बजे

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले विकासको काममा ध्यान केन्द्रित गर्न नसकेको आरोप लगाएका छन् ।

झुलाघाट-चिवाभञ्ज्याङ यात्रा अन्तर्गत आइतबार नुवाकोटमा आयोजित अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले विकासका धेरै कामको सुरुवात गरे पनि वर्तमान सरकारले विकासको काममा ध्यान केन्द्रित गर्न नसकेको आरोप लगाएका हुन् ।


उनले टोखा-छहरे सुरुङमार्गलगायत रेलमार्गका विषयमा एमाले सरकारले छलफल सुरु गरे पनि अहिले विलम्ब भएको जिकिर गरे ।

ओलीले एमाले सरकारमा नभएपछि विकास निर्माणमा ढिला सुस्ती हुनु स्वाभाविक भएको बताए । उनले नेपाल स्वाधीन स्वतन्त्र देश भएकाले आफैँले त्यसको सम्मान गर्न सक्नुपर्नेमा जोड दिए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि विमान उठाउन सरकार डराइरहेको उनले बताए ।

ओलीले नेपालकाे हितका लागि छिमेकी जुनसुकै राष्ट्रले गर्ने सहयोग लिनुपर्ने धारणा राखे ।


Author

थप समाचार
x