एनसेलको सेयर खरिदबिक्री प्रकरणको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न जसपाकाे माग​

इकागज | मंसिर २५, २०८०

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) ले एनसेलको सेयर खरिदबिक्री प्रकरणको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

पार्टी कार्यालय बालकुमारीमा सोमबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले एनसेलको सेयर खरिदबिक्री प्रकरण मुलुकको हितविपरीत भएको भन्दै खरिदबिक्री प्रकरणको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको जसपा प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

बैठकले पार्टी विधानविपरीत काम नगर्न निर्देशन दिएको छ भने पुषको २५ र २६ गते राजनीतिक समिति तथा २७ गते केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता सुमनले बताए । त्यस्तै बैठकले सदनमा दर्ता भएको चुरे उत्खननसम्बन्धी विधेयक फिर्ता लिन माग गर्ने निर्णय गरेको पनि उनले बताए ।

बैठकमा तीन महिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको समीक्षा भएको नेताहरूले जनाएका छन् । 

राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसका आकांक्षी : शीर्ष नेतादेखि कलाकारसम्म

उपेन्द्र अर्याल | मंसिर २५, २०८०

काठमाडौँ- राष्ट्रिय सभा निर्वाचन नजिकिएसँगै कांग्रेसभित्र शीर्ष नेतादेखि कलाकारसम्म आकांक्षी देखिएका...

राजसंस्था र हिन्दु राष्ट्रमा सहमति हुन नसके आन्दोलन नै अन्तिम विकल्प : कमल थापा

इकागज | मंसिर २५, २०८०

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिलेको व्यवस्था असफल भएकाले जनताले नयाँ विकल्प खोजेको बता...

कांग्रेसलाई जनतासम्म पुर्‍याउनमा 'नेपाल पुकार' को उल्लेख्य भूमिका : सभापति देउवा

इकागज | मंसिर २४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई जनतामा प...