एक समूहलाई पोस्ने गरी सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिनु हुँदैन : महामन्त्री थापा

इकागज | मंसिर २९, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कसैको निहित स्वार्थका लागि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिनु नहुने बताएका छन् ।

वर्तमान पुँजी बजारको अवस्थाबारेमा अध्ययन गरेर मात्रै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने सरकारको निष्कर्ष रहेको समेत बताए । उनले संसदीय समितिको निर्देशनको आडमा दबाबमा परेर केही समूहलाई पोस्नका लागि मात्रै धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन नहुने बताए ।

महामन्त्री थापाले सरकारले केही समूहलाई पोस्ने गरी नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको अनुमति दिने तयारी गरेको दाबी गरे ।

शुक्रबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले कुनै एक समूहको स्वार्थ र फाइदाका लागि दबाब सिर्जना गरेर नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने तयारी सरकारले तत्काल बन्द गर्न आवश्यक रहेको बताए । उनले कुनै अध्ययन आधारबिना कुनै एउटा समूहको फाइदालाई नयाँ स्टक एक्सचेन्ज दिँदा कुशासनको अर्को प्रकरण सुरु हुने जिकिर गरे ।

महामन्त्री थापाले मुलुक एक पछि अर्को कुशासनबाट थला परेको भन्दै नयाँ स्टक एक्सचेन्जको लाइसेन्स अध्ययन नगरी जबरजस्ती दिने काम भयो भने अर्को दुर्भाग्य हुने चेतावनी दिए । उनले सरकारबाट भाषण सुशासनको र निर्णय कुशासनको गर्ने काम हुनु नहुने बताए । उनले नयाँ स्टक एक्सचेन्जको विषयमा समयमा नै प्रधानमन्त्रीलाई सचेत गराएको भन्दै सचेत गराउँदा गराउँदै अनुमति दिए कुशासनको अर्को धब्बा लाग्ने दाबी गरे ।

नयाँ स्टक एक्सचेन्जको लाइसेन्स अर्थ मन्त्रालय र धितोपत्र बोर्डले नभएर मन्त्रिपरिषदले निर्णय गर्नुपर्ने उनकाे भनाइ छ ।

थापाले कांग्रेसले सरकारले गरेका गलत कामलाई रोक्नुपर्ने बताए । उनले अहिले नागरिकहरू कुशासनबाट आजित भएको बताए ।

एमालेको अभियानमा देखे प्रदीप ज्ञवालीले गाउँ युवाविहीन भएको अवस्था

इकागज | मंसिर २९, २०८०

काठमाडौँ- नेकपा एमालेका उपसमहासचिव प्रदीप ज्ञवालीले सरकारले युवा केन्द्रित कार्यक्रम नल्याए केही समयमै प...

एनसेल शेयर खरिदबिक्री प्रकरणमा सरकारको संलग्नता छ : केपी ओली

इकागज | मंसिर २८, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एनसेल शेयर खरिदबिक्री प्रकरणमा सरक...

रास्वपाको वडा अधिवेशन आजदेखि : ६ सदस्य ४५ वर्ष नकटेका हुनुपर्ने, कहाँ-कहाँ हुँदैछ अधिवेशन ?

इकागज | मंसिर २८, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनाप...

अहिलेको व्यवस्था र अवस्था बदल्न राजासहितको प्रजातन्त्रको पक्षमा: अध्यक्ष लिङ्देन

इकागज | मंसिर २७, २०८०

सुदूरपश्चिम - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अब नयाँ सम्झौता र समझदारीबाट देशलाई अ...