भूकम्पपीडितलाई तत्काल अस्थायी आवास र न्यानो कपडाको व्यवस्था गर्न एमालेको आग्रह

इकागज | मंसिर ६, २०८०

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले पश्चिम नेपालका भूकम्प पीडित नागरिकको जीवन रक्षाका लागि सरकारसँग माग गरेको छ । 

चिसोमा कठ्याँग्रिएर भूकम्प ज्यान गईरहेको समाचार बाहिर आइरहेका बेला एमाले केन्द्रीय कमिटी बैठकले तत्काल अस्थायी आवास र न्यानो कपडाको व्यवस्था गरी भूकम्प पीडितहरुको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको हो । बुधवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले राहत वितरणलाई राजनीतिक प्रचारबाजीको विषय नबनाउन र सबै पीडितलाई पक्षपातरहित ढंगले राहतको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

उनले भने, ‘राहत वितरणलाई राजनीतिक प्रचारवाजी नाफाघाटाको सौदाबाजीको विषय बनाइएको छ । यस्ता क्रियाकलापप्रति यो बैठक आपत्ति प्रकट गर्दछ । क्षतिका आधारमा सबै पीडित नागरिकलाई पक्षपातरहित ढंगले राहत वितरणमा सुनिश्चितताको माग गर्दछ । पीडितहरुको पुनस्र्थापनाका लागि ठोस कार्ययोजना सहित अविलम्ब काम थाल्न सरकारको गम्भिरतापूर्वक ध्यानाकर्षण गराउँदछ । अस्थायी आवास तथा न्यानो कपडा उपलब्ध गराएर भूकम्प पीडित नागरिकको जीवन रक्षाका लागि सरकारसँग माग गर्दछ ।’

त्यसैगरी एमालेले इजरायल–प्यालेस्टाईन दुवै पक्षलाई तत्काल युद्ध बिराम गरी बन्धक बनाइएकाहरुलाई अविलम्व रिहा गर्न पनि अपिल गरेको छ । अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना गरी शान्तिको पक्षमा उभिन र संयुक्त राष्ट्र संघको प्र्रस्ताव अनुसार समस्याको शान्तिपूर्ण समाधानमा गर्न पनि दुवै युद्धरत पक्षलाई पार्टीले आह्वान गरेको पनि पार्टीका प्रचार विभाग प्रमुख गौतमले बताए । 

उनले भने, ‘यो बैठक इजरायल, प्यालेसटाईनका बीचमा अविलम्व दिगो युद्धविराम गर्न अपिल गर्दै बन्धक बनाइएकाहरुलाई अविलम्ब रिहा गर्न, प्यालेस्टाईनी नागरिकका लागि गाजा क्षेत्रमा निर्वाध रुपमा मानवीय सहायता सुनिश्चित गर्न, अन्तर्राष्ट्रिय मानवीय कानुनको पूर्ण पालना गर्न, शान्तिको पक्षमा उभिन, र समस्याको शान्तिपूर्ण निकासका लागि संयुक्त राष्ट्र संघको प्रस्ताव अनुरुप दुई राज्य समाधानको प्रस्ताव कार्यान्वयन गर्न संवद्ध पक्षलाई आह्वान गर्दछ ।’

एमाले बैठकले पार्टीका उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङको निधनप्रतिे शोक व्यक्त गर्दै शोक प्रश्ताव पनि पारित गरेको छ ।

महिलाहरूमाथि दुर्व्यवहार भएको घटनामा युवा संघको संलग्नता नभएको जानकारी पाए : ओली

इकागज | मंसिर ६, २०८०

काठमाडौँ  - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपयुक्त ढंगले देश चलाउन नसके प्रधानमन्त्रीले सरक...

संसद्‌ खुला बहस गर्ने थलो हो, टाइम कार्ड लागू गरेर समय दिनु ठिक होइन : सांसद शाही

इकागज | मंसिर ६, २०८०

काठमाडौँ- प्रतिनिधिसभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न समितिको गठन, कामकारबाही र...

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेबारे बालुवाटारमा प्रधानमन्त्री, देउवा र ओलीबीच छलफल

इकागज | मंसिर ५, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तासाझेदार दल नेपाली कांग्रेसका सभ...

दुर्गा प्रसाईं समूहले मंसिर ७ मा बल्खुमा प्रदर्शन गर्ने, डेढ लाख मानिस उतार्ने दाबी

इकागज | मंसिर ५, २०८०

काठमाडौँ - दुर्गा प्रसाईं समूहको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले काठमाडौंक...

संक्रमणकालीन न्यायसम्बन्धी मुद्दामा एमालेको राजनीतिक स्वार्थ छैनः प्रदीप ज्ञवाली

इकागज | मंसिर ५, २०८०

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स...

राज्य सत्ता आधुनिक राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको छः सांसद शर्मा

इकागज | मंसिर ५, २०८०

काठमाडौँ - नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले राज्य सत्ता आधुनिक राजनीतिक लुटेराबाट सञ्चाल...

नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती छैन : मन्त्री महत

इकागज | मंसिर ५, २०८०

काठमाडौँ- अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा कार्बन उत्सर्जन शून्य बनाउन कुनै चुनौती नरहेको बताएका छन्...