ओलीको टिप्पणी: जनताले फ्याकेको राजतन्त्र फर्काउने प्रयास मुर्खतामात्रै

इकागज | मंसिर ८, २०८०

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले फ्याकेको राजतन्त्र फर्काउने प्रयास मूर्खता बाहेक केही नभएको टिप्पणी गरेका छन् । 

शुक्रबार एमाले मुख्यालय च्यासलमा आयोजित राष्ट्रिय युवा संघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले वाक्क दिक्क भएर १५ वर्षअघि फ्याकेको राजतन्त्र फर्काउने प्रयास चेतना नभएको मूर्खता भएको टिप्पणी गरेका हुन् । 

राजनीतिकरुपमा, वैचारिक रुपमा, सैद्धान्तिक रुपमा कुनै हिसाबले पनि राजतन्त्र चेत नै नभएका मुर्खहरुले मात्रै मान्ने उनको भनाइ छ । ओलीले राजतन्त्रकै कारण तत्कालीन अवस्थामा शिक्षा, स्वास्थ्य, विकास, पूर्वाधार क्षेत्रमा विकास हुन नसकेको धारणा राखे । अहिले मरेको प्रेतका पछाडि केही व्यक्ति लागिपरेको अवस्थामा युवासंघले मात्रै परिवर्तनको पक्षमा आवाज उठाएको भन्दै धन्यवाद दिए । 

त्यस्तै अध्यक्ष ओलीले अहिलेको गठबन्धन सरकारकै कारण परिवर्तन विरोधी सल्बलाउन थालेको आरोप लगाए । वर्तमान सरकारको जग नै नभएका कारण सानो समूहको प्रदर्शनबाट तर्सेको उनको भनाइ छ । जनतामा निराशा हुनु देशका लागि खतरनाक कुरा भएकाले सरकारले जनतालाई आशावादी बनाउनुपर्ने उनको भनाइ छ । 

त्यस्तै अध्यक्ष ओलीले युवा जमातमा देखिएका निराशालाई युवाहरूले नै समाधान खोज्दै निराशा हटाउनुपर्ने बताए । 

रविन्द्र मिश्र भन्छन् - गिरफ्तारी, नजरबन्द र निषेधित क्षेत्रले न पञ्चायत न राजा बचायो

इकागज | मंसिर ८, २०८०

काठमाडौँ - राप्रपा नेपालका उपाध्यक्ष रविन्द्र मिश्रले राप्रपाका जिम्मेवारी साथीहरू र सर्वसाधारणहरू पक्राउ प...

​पार्टी प्यालेसबाट महिलालाई निकालेको घटनामा एमालेलाई जोडेर गलत ढंगले व्याख्या गरियाे : महेश बस्नेत

इकागज | मंसिर ८, २०८०

​पार्टी प्यालेसबाट महिलालाई निकालेको घटनामा एमालेलाई जोडेर गलत ढंगले व्याख्या गरियाे : महेश बस्ने...

दुर्गा प्रसाईंका समर्थकमाथि भएकाे धरपकडमा राप्रपा अध्यक्षको आपत्ति

इकागज | मंसिर ८, २०८०

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा भएको आन्दोलनमा सहभागीमाथि भएको प्रहरी धरपकडको...

दुर्गा प्रसाईंको अराजकतामा एमाले र माओवादीको पनि हिस्सेदारी छ : नैनसिंह महर

इकागज | मंसिर ८, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेकपा एमाल...

दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीकाे धरपकडप्रति कमल थापाको आपत्ति

इकागज | मंसिर ८, २०८०

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज भएको धरपकडप्रति आपत्ति जनाएका छन् । मेडिकल व्यवस...

दुर्गा प्रसाईं भन्छन् : प्रहरीले मलाई निवासमा नजरबन्दमा राख्याे

इकागज | मंसिर ८, २०८०

काठमाडौँ- राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले प्रहरीले ...

प्रचण्ड-बाबुरामबीचको अविश्वासको अन्त्य भयो, छिट्टै पार्टी एकता हुन्छ : सहअध्यक्ष श्रेष्ठ

इकागज | मंसिर ७, २०८०

प्रचण्ड-बाबुरामबीचको अविश्वासको अन्त्य भयो, छिट्टै पार्टी एकता हुन्छ : सहअध्यक्ष श्रेष्ठ काठमाडौँ- नेपाल स...