राष्ट्रपति पौडेल पद पाएकाले सरकारप्रति कृतज्ञ हुनुहुन्छ : ओली

इकागज | असोज ५, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अपराधको राजनीतिकरण गरिरहेको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले अपराधीलाई आममाफी दिने काम गरेर सरकारले राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गरिरहेको जिकिरसमेत गरे । राष्ट्रपति रामचन्द्र पौडेल बुढेसकालमा पद पाएकोमा सरकारप्रति कृतज्ञ भएकाले अपराधीको सजाय मिनाहा गर्ने सरकारको निर्णय स्वीकार गरेको उनको भनाइ थियो ।

शुक्रबार पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारको ध्यान शान्ति प्रक्रियालाई टुंग्याउने भन्दा पनि हिंसालाई उत्सवका रूपमा मनाउनेतिर रहेको दोहोर्याए । फागुन १ गते माओवादी विद्रोहको सुरु भएको दिनलाई सार्वजनिक बिदा दिने सरकारको निर्णय स्मरण गराउँदै उनले सरकारले हिंसालाई उत्सवका रूपमा मनाएर शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने उल्टो बाटो लिएको बताए ।

अध्यक्ष ओलीले सरकारले ध्यान गरिवी निवारण, मुलुकको विकास र समृद्धितिर नभएको बताए । ओलीले सरकारले अपराध कर्ममा लागेकाहरूको मुद्दा फिर्ता लिएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

कांग्रेसले शिक्षा र विद्युत् सम्बन्धी विधेयकमा संसदीय दलमा छलफल गर्ने

इकागज | असोज ५, २०८०

काठमाडौँ– नेपाली कांग्रेसले शिक्षा सम्बन्धी विधेयक र विद्युत् सम्बन्धी विधेयकका सम्बन्धमा संसदीय दलको...

मलंगवामा हिन्दु धर्मावलम्बीमाथि भएको आक्रमणप्रति राप्रपा नेपालको आपत्ति

इकागज | असोज ५, २०८०

काठमाडौँ- राप्रपा नेपालले सर्लाहीको मलंगवामा हिन्दु धर्मावलम्बीमाथि भएको आक्रमणप्रति आपत्ति जना...

पर्यटन बोर्ड र पर्यटन मन्त्रालयको द्वन्द्वले पर्यटन क्षेत्र संकटमा छ : सांसद खनाल

इकागज | असोज ५, २०८०

काठमाडौँ- पूर्वमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल पर्यटन बोर्ड र संस्कृति, पर्य...

विद्यालय शिक्षा विधेयकमा मैले मात्रै हाल्ने संशोधन ७० भन्दा बढी छ : महामन्त्री थापा

इकागज | असोज ५, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा ...

विद्यालय शिक्षा विधेयकले वाक स्वतन्त्रता हनन गरेको छ : प्रेम सुवाल

इकागज | असोज ५, २०८०

काठमाडौँ- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा वि...

शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिने प्रस्ताव उचित छैन : माधव नेपाल

इकागज | असोज ५, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवा...