शिक्षकले उठाएका माग तत्काल सम्बोधन गरिनु पर्छः एमाले सचेतक बर्तौला

इकागज | असोज ३, २०८०

मकवानपुर- नेकपा एमालेका सचेतक महेश बर्तौलाले शिक्षक महासंघको उठाएका माग विधेयकमा नै समावेश गरी सम्बोधन गरिनु पर्ने बताएका छन् । शिक्षकहरूको आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाउँदै सांसद बर्तौलाले विधेयक भित्र बसेर उपयुक्त कानुन निर्माणको प्रक्रियामा आफू सक्रिय सहभागी हुने बताए ।

’नेपाल शिक्षक महासंघले उठाएका मागहरूलाई विधेयकको अंग बनाएर अगाडि बढ्न सरकार तयार हुनुपर्छ’ उनले भने ‘त्यसको लागी सरकारले आजै प्रतिबद्धता व्यक्त गर्नुपर्दछ ।’ बर्तौलाले संविधानसँग जोडिएका कतिपय विषयवस्तुमा भने थप छलफल र बहसको आवश्यकता महसुस गरेको बताए।’

संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक २०८० का सन्दर्भमा नेपाल शिक्षक महासंघले आन्दोलन मार्फत उठाएका अधिकांश मागहरू समग्र सार्वजनिक शिक्षाप्रति नागरिकको भरोसा, विश्वसनीयता र गुणस्तरीयता वृद्धि गर्न तथा शिक्षण पेशालाई मर्यादित र सम्मानित बनाउन उपयुक्त रहेको एमालेका सचेतक समेत रहेका बर्तौलाले बताएका छन् ।

बर्तौलाले सामाजिक संजाल मार्फत ऐक्यबद्धता जनाउँदै भनेका छन् ‘सरकारले शिक्षा ऐन मार्फत निजामती सेवामा जस्तै शिक्षक सेवामा पनि समान सेवा सुविधाको व्यवस्था गर्नु पर्छ, शिक्षकले पाउने उपचार खर्चलाई निरन्तरता दिनुपर्ने, शिक्षकलाई वर्षमा कम्तीमा एक पटक शैक्षिक अवलोकन भ्रमणको व्यवस्था हुनुपर्ने, योग्यता बढाउन शिक्षकहरूलाई अध्ययन बिदाको सुविधा हुनुपर्ने, शिक्षकहरूलाई सरकारी मर्यादा क्रममा समावेश गरिनुपर्छ ।’

यस्तै, शिक्षकहरूको लागि अलग्गै शिक्षक अस्पतालको स्थापना हुनुपर्ने, शिक्षकको योग्यता आधारभूत र माध्यमिकका लागि क्रमशः स्नातक र स्नातकोत्तर तोक्ने हो भने आधारभूत तृतीय लाई अधिकृत र माध्यमिक तृतीयलाई उपसचिव समान सेवा सुविधा हुनुपर्ने, स्थायी शिक्षकलाई नियमित रूपमा तह /श्रेणी बढुवाको सुनिश्चतता गरिनुपर्ने, आन्तरिक प्रतियोगिताद्वारा हुने बढुवाको लागि प्रत्येक तह र श्रेणीमा ५ वर्षे सेवा अवधि तोक्नु पर्ने, विद्यालयमा कार्यरत अस्थायी प्रकृतिका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाई कम्तीमा १ पटकको लागि खुल्ला तथा आन्तरिक प्रतिस्पर्धाका माध्यमबाट स्थायी हुने अवसर प्रदान गर्नुपर्ने उल्लेख गरेका छन् ।

यसैगरी उपदानको व्यवस्था हुनुपर्ने लगायतका नेपाल शिक्षक महासंघको मागहरू उपयुक्त, जायज र न्याय संगत रहेको बताएका छन्। यी मागहरूले शिक्षकहरूको मात्रै हितमात्रै नगरेर समग्र सार्वजनिक शिक्षा कै उज्यालो भविष्यका लागि नयाँ आयाम निर्माण गर्ने बर्तौलाको उल्लेख गरेका छन् ।

एमाले सुरुदेखि नै आवश्यकताका आधारमा संविधान संशोधनको पक्षमा छ : पोखरेल

इकागज | असोज ३, २०८०

काठमाडौँ– नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी शुरुदेखि नै आवश्यकताका आधारमा संवि...

संविधान दिवसमा राष्ट्रिय झण्डासँग एमालेको सेल्फी कार्यक्रम (फोटो फिचर)

अनुज बज्राचार्य | असोज ३, २०८०

काठमाडौँ- संविधान दिवसका अवसरमा नेकपा एमालेले राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रम आयोजना गरेको छ । बुधब...

संविधानले समृद्धिको मार्गमा अघि बढाउन दिशानिर्देश गरेको छ : सभापति देउवा

इकागज | असोज ३, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले मुलुकलाई...

कांग्रेस कस्तो बन्ने ? को बन्नेभन्दा महत्वपूर्ण प्रश्न समाजको असन्तुष्टि हो : विश्वप्रकाश शर्मा

इकागज | असोज २, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले कांग्रेस कस्तो बन्ने ? कांग्रेमा को ...

गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गर्नुपर्छ : प्रकाशमान सिंह

इकागज | असोज २, २०८०

काठमाडौँ- नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरेमात्रै द...