केन्द्रीय कार्यसमिति बैठकअघि शेखरले बोलाए गुटको बैठक, शर्मा र पौडेललाई पनि निम्तो
काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको अलग्गै बैठक बस्दैछ ।
असोज ४ गतेदेखि सुरू हुने केन्द्रीय कार्यसमिति बैठकअघि कोइरालाले आफ्नो समूहको अलग्गै बैठक बोलाएका हुन् ।
कोइराला निकटका अनुसार उनको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ ।
उक्त बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र प्रदीप पौडेललगायतका नेतालाई पनि आमन्त्रण गरिएको छ । नेताहरूका अनुसार १४ औं महाधिवेशनपछि पहिलो पटक महामन्त्री शर्मा र नेता पौडेल शेखर समूहको बैठकमा सहभागी हुनेछन् ।