राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा भट्ट चयन

इकागज | भदौ २९, २०८०

काठमाडौं - नेकपा (माओवादी केन्द्र)निकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको अध्यक्षमा अम्बादत्त भट्ट चयन भएका छन्।

शुक्रबार काठमाडौंमा बसेको संगठनको केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकले भट्टलाई अध्यक्षमा चयन गरेको हो। चैतमा सम्पन्न संगठनको महाधिवेशनबाट हरिबहादुर रावल अध्यक्ष र भट्ट वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत दोहोरिएका थिए।

महाधिवेशनले पाँच महिनासम्म रावलले संगठन चलाउने र त्यसपछि नेतृत्व भट्टलाई हस्तान्तरण गर्ने तय गरेको थियो। महाधिवेशनमा भएको सहमतिअनुसार संगठनको शुक्रबार सम्पन्न दोस्रो पूर्ण बैठकमा रावलले भट्टलाई नेतृत्व हस्तान्तरण गरेका हुन्।

बैतडी घर भइ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत भट्ट संगठनमा दुई कार्यकाल अध्यक्ष र पाँच महिना वरिष्ठ उपाध्यक्ष भइसकेका छन्। भट्टले संगठनको विधान मस्यौदा समिति संयोजकका रुपमा पनि जिम्मेवारी निर्वाह गरिसकेका छन्।

राजतन्त्रको पुर्नस्थापना र हिन्दु राष्ट्रको माग राख्दै राप्रपा नेपालको प्रदर्शन

इकागज | भदौ २९, २०८०

काठमाडौँ - समृद्ध हिन्दु अधिराज्य स्थापनाका लागि दवाव दिन भन्दै कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्...

राज संस्थालाई मुलुकको अभिभावकीय संस्थाको रुपमा अगाडि बढाऔंः लिङदेन

इकागज | भदौ २७, २०८०

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले राजा संस्थालाई मुलुकको अ...