एमालेले भन्यो : सरकारको जवाफ सुन्न तयार छौं, चित्त बुझ्दो नभए संसद् अगाडि बढ्न दिँदैनौँ

इकागज | साउन २३, २०८०

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सुन तस्करी प्रकरणमा संसदमा सरकारको जवाफ सुन्न तयार भएको छ । एमालेका सचेतक महेश बर्तौलाले यस प्रकरणमा संसदमा सरकारलाई जवाफको मौका दिने पार्टीले निर्णय गरेको बताए । 

तर, जवाफ चित्त बुझ्दो नभए पनि संसद् अगाडि बढ्न नदिने उनले उल्लेख गरे । ‘यस प्रकरणमा प्रधानमन्त्री बोल्नुहुन्छ कि गृहमन्त्री, जसले बोले पनि जवाफ चित्त बुझ्दो हुनुपर्छ,’ उनले भने, ‘जवाफ चित्त बुझ्दो नभए संसद् चल्न दिने नदिने त्यसपछि निर्णय गर्छौं ।’

सदन खुलाउन सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेतासहित तीन दलका प्रमुख सचेतक मंगलबार बिहान बैठक बसेको थियो । तर, बैठकबाट कुनै निष्कर्ष निस्कन सकेन । 

प्रतिनिधि सभा बैठक मंगलबार ३ बजे बस्ने कार्यसूची रहेकाे छ । सुन तस्करी प्रकरणमा एमालेले अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्दै करिब दुई सातादेखि बैठक अवरोध गरिरहेको छ ।

'सुन तस्करीमा सरकारको छानबिन प्रतिवेदन आएपछि उच्चस्तरीय समिति बनाउन सकिन्छ'

इकागज | साउन २२, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले सुन तस्करी प्रकरणमा सरकारको छानबिन प्रतिवे...

ल्हारक्याल लामा नियुक्तिको कांग्रेसले स्वामित्व बोक्दैन : महामन्त्री शर्मा

इकागज | साउन २२, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष...

सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीको कामले ढुक्क हुने अवस्था छैन : सांसद पन्त

इकागज | साउन २२, २०८०

काठमाडौँ- नेकपा एमालेका सांसद रघुजी पन्तले सुन तस्करी प्रकरणको निष्पक्ष छानबिन हुनेमा आफूहरू विश्व...

संसद् बन्धक बन्नु भनेको जनता बन्धक हुनु हो : रास्वपा सांसद श्रेष्ठ

इकागज | साउन २२, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संस...

शीर्ष नेताबीच छलफल निष्कर्षविहीन भएपछि प्रतिनिधिसभा बैठक ४ बजेका लागि सर्‍याे

इकागज | साउन २२, २०८०

काठमाडौँ- सदनको गतिरोध अन्त्य र संसदीय समितिका सभापतिहरूको चयनलगायतका विषयमा प्रमुख तीन दलका शी...

शेखर पक्षको चेतावनीः संस्थापन पक्षले एकलौटी गर्‍याे, समानान्तर समिति बनाउँछाैं

इकागज | साउन २२, २०८०

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन पक्षले एकलौटी रूपमा १३ जिल्लाका महिला संघका अध्यक्ष हटाए...

माओवादी नेताले प्रत्येक दिन सामाजिक सञ्जालमा दुईवटा ‘स्टाटस’ लेख्नुपर्ने

इकागज | साउन २१, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले सरकारले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न सबै केन्द्रीय सदस्य...