सुशासनको प्रत्याभुति दिन नसके सरकार धेरै दिन टिक्न सक्दैन : शेखर कोइराला

इकागज | साउन २७, २०८०

भक्तपुर- सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता शेखर कोइरालाले भ्रष्टाचारको अन्त्य र सुशासनको प्रत्याभुति दिन नसके वर्तमान सरकार धेरै दिन टिक्न नसक्ने दाबी गरेका छन् । नेपाली काँग्रेस भक्तपुर क्षेत्र नम्बर २ प्रदेश सभा ख ले शनिवार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

नेता कोइरालाले नेपालमा वैदेशिक लगानी भित्र्याउन पनि भ्रष्टाचार अन्त्य हुनुपर्ने आवश्यक्ता रहेको तर्क गरे । उनले अमेरिकाको पछिल्लो वैदेशिक नीतिमा पनि नेपालमा लगानीका लागि भ्रष्टाचार र सुशासन मुख्य समस्या रहेको  औँल्याइएको उल्लेख गर्दै त्यसलाई कम गर्न सत्तारुढ गठबन्धन र सरकारले जोड दिनुपर्ने बताए । नेता कोइरालाले राजनीतिक स्थिरता, भ्रष्टाचारको अन्त्य, लगानीमैत्री कानूनको निर्माण गर्नसके समृद्ध र समुन्नत नेपाल बनाउन कुनै समस्या नहुने पनि दोहोर्‍याए ।

‘भ्रष्टाचार र सुशासन यो हामीहरुले आजैदेखि, यो सरकारले दिन सकेन भने सरकार धेरै दिन टिक्न सक्दैन भन्ने कुरा पनि तपाईंहरुको माझमा राख्न चाहन्छु । यो अत्यन्त गम्भिर विषय छ । अमेरिकाले अहिले आफ्नो इन्भेष्मेण्ट पोलिसी बनाएको छ । नेपालमा प्रचुर सम्भावना छ भन्छ । फरेन डाईरेक्न इन्भेष्मेण्टको नेपालमा प्रचुर सम्भावना छ भन्छ । तर के भन्छ सँगसँगै भने–त्यो सबैभन्दा भ्रष्टाचार हुने मुलुक हो भन्छ । दोस्रो कुरा, के भन्छ भने राजनीतिक अस्थिरता छ भनेर भन्छ' उनले भने 'राजनीतिक स्थिरता नभई अफ्ठ्यारो हुन्छ भनेर इन्द्र बानियाँजीले भन्नुभयो । राजनीतिक अस्थिरता छ भनेर भन्छ । यो एक हप्ता पहिलेको रिपोर्ट हो यो । तेस्रो, रिपोर्ट के भन्छ भने इन्कन्फिडेन्ट ब्युरोक्रेसी भन्छ । चौथोले के भन्छ भने कानून यदी लचक बनाउँछौं हामी त्यसमा कामै गर्न सकिँदैन भनेर भनिराखेको छ । यो चार वटा कुरालाई हामीहरुले सम्बोधन गर्नसक्यौं भने नेपालको भविष्य उज्ज्वल छ । समृद्ध नेपाल, समुन्नत नेपाल हामी बनाउन सक्छौं ।’

नेता कोइरालाले पार्टीको भातृ संस्थाहरु तरुण दल, नेविसंघ र नेपाल महिला संघको नेतृत्व विधि र विधान अनुसार चल्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे । उनले पार्टी भित्रै प्रतिशोधको राजनीति हुन नहुने समेत बताए ।

स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाऔँ : मन्त्री बस्नेत

इकागज | साउन २७, २०८०

काठमाडौँ- उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास...

'सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेकै कारण सांसद शर्मालाई पक्राउ गरियाे'

इकागज | साउन २६, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुन तस्करी प्रकरणमा सरकारमा रहेका व्यक्तिका विरुद्ध...

सुनिल शर्माले बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्छ : ज्ञानेन्द्र कार्की

इकागज | साउन २६, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ ...

सांसद शर्मालाई प्रतिशोधको भावनाले पक्राउ गरियो : कांग्रेस सांसद घिमिरे

इकागज | साउन २६, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सांसद श्याम घिमिरेले पार्टीका सांसद डा. सुनिल शर्मालाई प्रतिशोधको भावनाले ...

कांग्रेस संसदीय दलको बैठक : सांसद शर्मा पक्राउ अनुचित र आपत्तिजनक

इकागज | साउन २६, २०८०

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीका सांसद सुनिल शर्माको पक्राउको घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ...

सरकार र गौर हत्याकाण्ड पीडित पक्षबीचको सम्झौताप्रति जसपाको आपत्ति

इकागज | साउन २६, २०८०

काठमाडौँ- सत्ता साझेदार जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले सरकार र गौर हत्याकाण्डका पीडित पक्षबीच ग...