विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय : कांग्रेस

इकागज | साउन २९, २०८०

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसले विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय भएको बताएको छ । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले यस्ता गैरकानुनी पूर्ण रूपले नियन्त्रण हुनुपर्ने भन्दै यस कार्यमा संलग्न जोसुकै भए पनि अनुसन्धान, छानबिनको दायराभित्र ल्याइ कानुनी कारबाही गर्न सरकारलाई अनुरोध गरेको छ ।

प्रमुख सचेतक रमेश लेखकले यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराइका साथ अनुसन्धान, छानबिन गरी घटनामा संलग्न जोसुकै भए पनि अभियोजन गरी कानुनी दायरामा ल्याउन अनुरोध गरिएको बताए ।

‘हालै अवैध ढंगले पैठारी भइ त्रिभुवन विमानस्थलबाट बाहिर निस्किई पक्राउ गरिएको एक क्विन्टल सुनको विषयमा यो बैठकको ध्यान गम्भीर रूपले आकृष्ट भएको छ । त्रिभुवन विमानस्थलजस्तो सरकारका सबै महत्वपूर्ण निकायको सदैव निगरानीमा रहने स्थानबाट नै अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय भएको छ । यस्ता घटना विगतमा पनि भएका छन् । पटक–पटक घटित हुने यस्ता घटनाले थप चिन्तित बनाएको छ,' उनले भने, 'यस्ता गैर कानुनी कार्य निस्तेज गर्न पूर्ण रूपले नियन्त्रण हुनुपर्दछ । निस्तेज एवं पूर्ण रूपले नियन्त्रण हुनुपर्दछ ।’

 

गृहमन्त्रीले बिनासर्त राजीनामा नदिए आमरण अनसन सुरु गर्छु : कांग्रेस सांसद शर्मा

इकागज | साउन २९, २०८०

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको...

संसदमा सुनील शर्माको प्रश्न : प्रधानमन्त्री र गृहमन्त्री आतंककारी कि डेमोक्रेटिक सरकारको नेतृत्व हुन् ?

इकागज | साउन २९, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सांसद सुनील शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र गृहमन्त्री...

कांग्रेसको निर्णय : सुन तस्करीको छानबिन सीआईबीबाटै, संसद् चलाउन पहल गर्ने

इकागज | साउन २९, २०८०

काठमाडौँ- प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसले सुन तस्करी प्रकरणको छानबिन नेपाल प्रहरीको केन्द्र...

संसदमा बोल्न नदिए पार्टीभित्र विद्रोह गर्छु : कांग्रेस सांसद शर्मा

इकागज | साउन २८, २०८०

काठमाडौँ- सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनील शर्माले आफूलाई संसदमा बोल्न नदिए पार्टीभित्रै विद्...

भ्रष्टाचार न्यूनीकरण गर्न संरचनागत उच्चस्तरीय छानबिन समिति चाहिन्छ : बाबुराम भट्टराई

इकागज | साउन २८, २०८०

भजनी- पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले भ्रष्टाचार न्यूनीकरणका लाग...

प्रधानमन्त्रीलाई प्रदीप पौडेलको चुनौती : भ्रष्टाचारविरोधी अभियान हो भने नाम जोडिएका आफ्ना पार्टीका नेतामाथि अनुसन्धान गर्नुस्

इकागज | साउन २८, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारविरोध...

सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन समिति बनाउनुपर्नेमा कांग्रेस सांसदहरूकाे माग

इकागज | साउन २८, २०८०

काठमाडाैँ–  नेपाली कांग्रेसका अधिकांश सांसदहरूले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन समिति ...