राष्ट्रिय युवा संघका सात जना निष्कासित

इकागज | साउन ३०, २०८०

काठमाडौँ- राष्ट्रिय युवा संघ कञ्चनपुरको अधिवेशनमा कुटपिटमा संलग्न सात जनालाई एमाले पार्टीको सदस्यसमेत नरहने गरी निष्कासित गरिएको छ ।

आज प्रेस वक्तव्य जारी गर्दै जिल्ला कमिटी कार्यवाहक अध्यक्ष लक्ष्मी बुढाले सोमबार बसेको जिल्ला कमिटीको सचिवालय बैठकले निष्कासनको निर्णय गरेको जानकारी दिइन् ।

जिल्ला कमिटी सदस्य कमल रोकाया, रमेश भट्ट, राधाकृष्ण जोशी र केशव चन्द, प्रवीन बोगटी, रोहित कुँवर र नवीन चन्दलाई पार्टी सदस्य नरहने गरी निष्कासित गरिएको एमालेले जनाएको छ ।

बैठकले कुटपिटलाई साङ्घातिक र बर्बर आक्रमणको संज्ञा दिँदै आक्रमणमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न प्रशासनलाई आग्रह गरेको छ ।

निर्वाचन कार्यतालिका टाँस गर्ने क्रममा भीमदत्त नगरपालिका-१८ का वडाध्यक्षसमेत रहेका पार्टी जिल्ला कमिटी सदस्य रविन्द्रप्रसाद देवकोटामाथि कुटपिट भएको थियो । घाइते देवकोटाको काठमाडौँमा उपचार भइरहेको छ ।

पार्टी सचिवालय बैठकले यस घटनाको छानबिनका लागी कार्यदल समेत गठन गरेको छ ।

जातिय विभेद गर्नेलाई राज्यले आजीवन कारावासको सजाय दिनुपर्छ : वामदेव गौतम

इकागज | साउन ३०, २०८०

काठमाडौँ- राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जातीय विभेद र उत्पीडन गर्न...

प्रतिनिधि सभा विघटन नगरेको भए वामपन्थी आन्दोलन ध्वस्त हुन्थ्यो : केपी ओली

इकागज | साउन ३०, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको वामपन्थी आन्दोलनलाई समाप्त पार्ने योजनालाई रोक्न...

धार्मिक पर्यटकीय गन्तव्य भक्तपुरको विकासको आधार : अध्यक्ष ओली

इकागज | साउन ३०, २०८०

भक्तपुर- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमाझ गौरवपूर्ण पहिचान बनाउन सकेक...

सुन तस्करीसम्बन्धमा सरकारलाई अनुसन्धानमा सघाउन तयार छु : महरा

इकागज | साउन ३०, २०८०

दाङ- पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बता...

नेविसंघको केन्द्रीय समितिमा असन्तुष्टि जनाउँदै एलिजा र मुकेशले गरे समितिमा नरहेको घोषणा

इकागज | साउन ३०, २०८०

काठमाडौँ– नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समितिमा मनोनित एलिजा ढकाल र मुकेश घिमिरेले केन्द्...

सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय आयोग नबनाउने सत्ता गठबन्धनको निर्णय

इकागज | साउन २९, २०८०

काठमाडौँ- सत्तारूढ गठबन्धनले सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोग नबनाउने निर्णय गरेको छ । ...