एमसीसी परियोजना लागू हुन दिन्नौँ : सिपी गजुरेल

इकागज | भदौ ९, २०८०

काठमाडौँ- मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्जस कर्पोरेशन (एमसीसी) लागू हुन नदिने चेतावनी दिएको छ ।

नेता सिपी गजुरेलले राष्ट्रघाती एमसीसी परियोजना संसदबाट पास भए पनि आफूहरूले त्यसलाई लागू हुन नदिने चेतावनी दिएका हुन् । शनिबार काठमाडौँमा आयोजित ‘एमसीसी खोरजी र फिर्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भदौ १४ गतेबाट एमसीसी मुलुकका विभिन्न भागबाट लागू हुने कार्यक्रम तय गरिएको उल्लेख गर्दै त्यसको विरोधमा आफूहरूले सोही ठाउँमा प्रदर्शनसहितको आन्दोलन गर्ने घोषणा गरे ।

नेता गजुरेलले श्रीलंका सरकारले पनि संसदबाट पारित भएपछि एमसीसी फिर्ता गराएको दृष्टान्त दिँदै नेपालबाट पनि सो परियोजनालाई फिर्ता गराउन सकिने जिकिर गरे । उनले सो परियोजना फिर्ता नभएसम्म आफ्नो पार्टीले आन्दोलनलाई निरन्तर जारी राख्ने बताए ।

नेता गजुरेलले एमसीसी लागू हुन नदिनका लागि लागू हुने ठाउँठाउँमा विरोध प्रदर्शनमा उत्रिन पनि सबैलाई आह्वान गरे ।

 

संसद्‍मा गहन अध्ययन र बहसबिनै विधेयकहरू बहुमतको भरमा पास हुन्छन् : अध्यक्ष राउत

इकागज | भदौ ८, २०८०

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले संसदमा गहन अध्ययन र बहस बिनै विधेयकहरू पारित...

पार्टीका तीन जना सदस्य भएका सबै संसदीय समितिमा रास्वपाले उम्मेदवारी दिने

इकागज | भदौ ८, २०८०

काठमाडौँ- प्रतिपक्ष दल राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले आफ्नो क्षमताले भ्याउने सबै विषयगत समि...

माधव नेपालले भ्रष्टाचार गर्‍यो भनेर संसारमा कसैले पत्याउँदैनन् : मन्त्री ज्वाला

इकागज | भदौ ८, २०८०

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललिता निवास जग्गा प्रकरणमा पार्टी अध्यक्ष...

अबको एजेन्डा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र : कमल थापा

इकागज | भदौ ८, २०८०

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको आगामी एजेन्डा संवैधानिक राजतन्त्रसहितको प्रजात...